Tuesday, October 18, 2022

पक्का थिए प्रेमान्त्य कात्रा तय थिए!

तिम्रै गाउँको बाटोगरी यात्रा तय थिए  
भविश्यका भवितब्य जात्रा तय थिए!!

कहाँ मिल्छ भने जति माया मान्छेलाई 
केकति हो पाउने त्यो मात्रा तय थिए!!  

समयको खेल भन या घडीका पलहरु 
सुरुवातमै झुण्डिएका पात्रा तय थिए !!

धार फरक नदिका फरक ति घाटहरु  
पक्का थिए प्रेमान्त्य कात्रा तय थिए!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...