Tuesday, October 25, 2022

रित्ता रातहरु खुला आँखाहरुमा खोज

रित्ता रातहरु खुला आँखाहरुमा खोज 
बिछोडका गजल मेरा भाकाहरुमा खोज 

भेटिएलान् नभेटिएलान् प्रेम निशानीहरु 
मिलनका गीतहरु बनपाखाहरुमा खोज 

मैलिएनन् कतै पछ्यौरी न दाग नै लागे 
नउध्रिएका उनकै चोलीढाकाहरुमा खोज 

अभिभाजित मन आज टुक्राटुक्रा भयो 
नपत्याए मन मुटुका शाखाहरुमा खोज 

अपरिभाषित भयो जीवन प्रेम थाहाछैन 
कोर्दै गरेका जिन्दगीका खाकाहरुमा खोज 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...