Monday, October 31, 2022

अरे यार श्री, सम्हालिएर चल अब त

तँ त एक्लै छस झनै, पलपल अब त 
फुस्कँदै छ तेरै हातबाट तेरै बल अब त!! 

कति बोक्छस अझै दुनियाँका लङ्गौटीहरु 
फेरिहाल पूराना आशक्तिका दल अब त !!

नढांट आँफैलाई नजर जुधाएर बोल्नेगर 
छाड्दे पिउन गन्हाउने छि ढल अब त !!

ती दशै तिहार आएर पनि गैसकेछन् है 
खासै देख्दिन कतै चहल-पहल अब त !!

कति सम्झाउँ म आँफैले आँफैलाई लौन 
अरे यार 'श्री' सम्हालिएर चल अब त !!  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...