Friday, October 31, 2014

कबिता लम्बिएका रातहरु

जब,
अनायसै लम्बिएका रातहरुमा
खुला आँखामा डरलाग्दा तस्बिरहरु
बिना क्यानभास सजिन आउछन्
नजानिदो एेठनले थिच्छ मलाई
यादहरुले किच्छ मलाई
जुनेली रातहरुले चितोर्छ मलाई

हो
आजभोलि हरेक रात लम्बिएका छन्
परेली सुख्खा सुख्खा पार्दै
छट्पटी सँग मितेरी लगाएका छन्
मेरा रातहरुले,
तन्द्राहरु बिचलित हुन्छन्
पल निमेषमा,
बाहिर बगान अनि बनमा
पत्ताहरु झर्दैछन् सितका बिम्ब सँगै
निस्ठुर शरदका,,
हो उस्तै लाग्छन्
झर्दै गरेका र झरि सकेका
माफल र ओखरका पातहरु
अनि मेरा हरेक जीवनका अभिलाषाहरु ।।

अनायसै लम्बिएका रातहरुमा,,
जुनाकिरीका धिप्धिप उज्यालाले पनि
लखेटे जस्तो हुन्छ,,
रित्तो कोठामा पनि
आँफै कुचुक्क परे जस्तो हुन्छ,
अहो कति भयानक लाग्छन्
यी लामा रातहरु
मलाई नै चिडाउन लम्बिएका झै लाग्छन्
रातका प्रतेक प्रहरहरु
मलाई नै चिहाउन तम्सिएका झै लाग्छन्

अनायसै लम्बिएका रातहरुमा
हर चिजले बिझाएका छ्न्
सुकोमल मायालुका हातहरुमा पनि
यस्तो लाग्छ
मेरै लागि नङ्ग्रा फिजाएका छन्

लम्बिएका रातहरुमा
म भाग्न चाहन्छु
तर एेठनले छाड्दैन मलाई
न धकेल्न सक्छु
न उसलाई नै थिच्न सक्छु,,
असिन पसिन हुन्छु तर
मलाई छाड्दैनन्
अनायसै लम्बिएका रातहरुले।।

श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन
हाल परदेश

३१ अक्टोबर २०१४
शुक्रबार


Thursday, October 30, 2014

घटाऊदै जान्छु गजल

भोलि देखि यादहरु, घटाऊदै जान्छु
सताउने सम्झना ति कटाउदै जान्छु

खुला छाड्दा यो मन सधैं मात्तिन थाल्यो
बन्द गर्दै अटे जती अटाउदै जान्छु

चोरी हुने छैन अब देखि दिल पनि
सिमानामा सिपाही नै खटाउदै जान्छु

भोकाप्यासा ब्वासाहरु र्याल काट्दै आए
जे जे मिल्छ  हिर्काउछु ठटाउदै जान्छु

नयाँ होइन् जडाउरीले जिन्दगी चल्दा
थन्काएका पुराना यी फटाउदै जान्छु

गीत यो मनमा

बाटो भुले पनि, तिमी थियौ मनमा
काडा टेके पनि, तिमी थियौ मनमा

यात्रा मेरो थियो, साथ तिम्रो पाए
बाला झूले पनि तिमी फूल्यौ मनमा

रात लामो चिसो, जून् घाम लुके के भो 
मेघ् ले  ढाके पनि तिमी खुल्यौ मनमा

दोश दिन्न शरद, नियम यस्तै छ
पत्ता झरे पनि तिमी रह्यौ मनमा 

बाटो भुले पनि, तिमी थियौ मनमा
काडा टेके पनि, तिमी थियौ मनमा





Tuesday, October 21, 2014

गजल एउटै छ

रोजेर हेर,सब थोक, घाम एउटै छ
खोजेर हेर,यस लोक, राम एउटै छ

हतार मा दुनियाँ, हतारमै छन् लोग
सोचेर हेर,एक झोक, धाम एउटै छ

न तिमीलाई पुग्यो न त मलाई कहिल्यै
सोधेर हेर,सम रोग, नाम एउटै छ

आखिर मरेर जाने खाली हात हो भन्छौ
घोचेर हेर,हर शोख, दाम एउटै छ

भान्छा फरक होलान यहाँ ब्यन्जन पनि
घोलेर हेर,जब भोक, माम एउटै छ



Thursday, October 16, 2014

गजल दाप सँग डराउनु

झाडीमा बारुला भन्दा साप सँग डराउनु
पाकेको कोयो बिनाको आप सँग डराउनु

ग्लोबल वार्मिङ्ले हिमपात हुन्छ शरदमा
नदिको गहिराइ भन्दा ढाप सँग डराउनु 

नौनी पग्लन बेर लाग्ला परन्तु आजभोलि
पत्थर पगाल्ने त्यही राप सँग डराउनु

गुणस्तर प्रमाण चिन्ह सिफारीस् जिन्दाबाद
मुस्कान सँगै सुन्दरी छाप सँग डराउनु

खुकुरी भन्दा कर्दा लाग्ने साच्चै रैछ हजुर
सानो हुन्छ गोप्य तर दाप सँग डराउनु !!

गजल पिउदै जाउ

पिउदै जाउ मधुशाला, तिम्रो नाम गर्दिन्छु
अनुरोध त गरी हेर् तिम्रा हर् काम गर्दिन्छु

खाली रहने छैनन् प्यालाहरु, थप्दै जानेछु 
पर्दा पछाडी भन्थ्यौ नि त्यो खुले आम गर्दिन्छु

मैले नै सिकाए पिउन तिम्रा बहाना हुन्थे
देउ एक ईशारा यहाँ ताम झाम गर्दिन्छु

कमजोर जाल कसले पो बिछ्याएको छ र
देख्दैनौ ति नजर सामु छल छाम गर्दिन्छु

मेरो जवानी पियौ तर् बहार निख्रेको छैन
हिजोका मेरा आफन्त भोलि बद्नाम गर्दिन्छु

श्रीभक्त पौडेल ¨आफन्त¨


Wednesday, October 15, 2014

मेरी दिदी! tihar



सयपत्रीको माला नउन्नु है मेरी दिदी 
कान छोप्ने टोपी नबुन्नु है मेरी दिदी!
यो हिउन्द तिहारमा भयो भाई परदेश
दुबोतेल्ले ढोकाछेउ नथुन्नु है मेरी दिदी!!

देउसी भैलो खेल्ने आए मुठी दान दिनु 
चाड भरी रेडियो´नी नसुन्नु है मेरी दिदी!
परारै तिहारका भाईटिकाका तिनै तस्बिर
वल्टाइ पल्टाइ हेरि नरुनु है मेरी दिदी!!

ओखर फोड्नुस् सम्झनामा मेरा बाधा हटुन्
यो बर्ष´नी ढाट्यो भाईले नभन्नु है मेरी दिदी!
भाईमसला, ढाकाटोपी कोही पाए पठाइ दिनु
बिर्सिन्छ कि यो भाईले नठान्नु है मेरी दिदी!!

आफन्तक दुई मुक्तक

ढाक तिम्रा लाज झूटका बुट्टाहरुले
राख आफ्नै नाज फूटका बुट्टाहरुले
महल ठड्याउ चाहे ताज महल ति
रङ्ग्याउ है आज लूटका बुट्टाहरुले !! fb posted

धमिलिएका छन् नजर सबको यहाँ
छेक्छन् बिहान साँझ जूटका बुट्टाहरुले
डेरा हैन सक्छौ त राजधानी नै सार
तिम्रै शिरमा ताज छूटका बुट्टाहरुले !!

गजल बदलियो नभन

बदलिए यी मौषम मलाई, बदलियो नभन
बाँचेको छु परेली तलाई, बदलियो नभन

कतै झिल्काले जले कतै रापले जलायो छाती
ओस्सिएको हुनसक्छ सलाई, बदलियो नभन

हुरी चलेको बेला मनमा आंधी चलेको बेला
भाग्यौ मनको आगो चलाई, बदलियो नभन 

राँको बोकेर हातमा बिप्लवी बन्न सक्छु तर
कहाँ जाउ दुनियाँ जलाई, बदलियो नभन 

समाजबाद र पूंजीवाद बहाना लडाईं को
पूरानो खेल् पर्खाल ढलाई, बदलियो नभन

Tuesday, October 14, 2014

गीत-मनको बाक्सा

लेख्नु पर्ने तिमी लाई एउटा जरुरी बात सानु 
पन्ना छैन रूख बाट झरेको एउटा पात सानु

सपना होकि बिपना कुन्नी परेली यी बन्द मेरा
बेहोशी मा बर्बराए´नी दिलमा मिठो मात सानु 

रगत सबको रातो भन्छन् धुक धुक गर्ने मुटु
उन्च निच त थाहा भएन पिरतीको जात सानु 

भुले सारा अन्धेरी रात एउटै तारा छाती माझ
मध्य रात ब्युझे बाहिर हेर्छु जुनेली रात सानु

चिट्ठी होइन यादरु तिम्रा, तिमी सँग फुकाउछु
खोली हेर मनको बाक्सा यादै यादको खात सानु

लेख्नु पर्ने तिमी लाई एउटा जरुरी बात सानु !!!

Monday, October 13, 2014

आफन्तका केहि हाइकु

रूझायो लौन
बेमौषम झरिले
ओढ्नी भूलेछु!
नगास्नु थियो 

गासियो माया प्रेम
त्यो चरी सँग!

बोलायो आज
शुशेलिमा कसैले
कोही देखिन!

भर लागेन
भूरूरू उडिजाने
चरीको पनि!

रमिता मात्र
आँखाका नानीमा ति
स्वप्नाका परी!

हराए मेरा
पुराना घोस्लाका ति
छेस्काहरु नि!

रङ्गिन चाह
सपना सपना नै
श्याम श्वेतमा!

अत्यास मात्र
लामो जिन्दगी मेरो
अप्ठेरो यात्रा!

नगासे दिदी
ओइलाई जाला है
जमरा जस्तै!

श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन
हाल सान सेबास्टिअन,स्पेन





















Saturday, October 11, 2014

कबिता बिन्ती छ


यो देश बिभाजित गर्न नखोज
देख्दैनौ,यो समाज खण्डित छ
सिकाउनु छैन थोत्रा उपनिषेदहरु
राजनीतिको यहाँ महापण्डित छ

आँखा खोलेर हेर अन्धो छ कानुन
न्यायलयको एेन नै दण्डित छ 
जति मुठी उचाल अनि बन्दुक,तर
तर देख्यौ नि सबथोक बर्जित छ

थाहा छ यहाँ कसलाई? बताउ
यो नयाँ नेपाल कता जादैछ
एकताको मन्त्र जप्दै,बुझ्दैनौ कि
यहाँ हरकोहीका प्रस्ताव बिखण्डित छ,

घाट बाट फर्केका तन्त्रै तन्त्र र,
बादै बादका जन्ती र मलामी
हेर्नुस् त हजुर कति हर्षित छ
फरक छैनन् हिजोका बाबुसाहेब र
आजका माड्साबहरुको चर्तिकला
तिम्रो हाम्रो दिमागमा घुसे´पो
बुझ्नै नसक्ने अतिरन्जित छ

बिन्ती छ
यो देश बिभाजित गर्न नखोज 
अनेकौ दाउहरुमा महाराजा बन्न नखोज
देख्दैनौ????
यो समाज आज कति खन्डित छ।

................
श्रीभक्त पौडेल¨आफन्त¨
रामपुर चितवन

Wednesday, October 8, 2014

अति भयो

भाका सरेको सर्हैछ छ हेर्नुस् अति भयो
सहमति खेल खेल्या भन्नुस् कति भयो

सुबिधा र तलब, पड्केको दिनको भत्ता
भ्रमण अनि उपचार गन्नुस् खति भयो

अनुहार लोभि बिरालो स्याल जस्तै चम्बु
कर्तब्यका पाइलाहरु कछुवाको गति भयो

सके कमाउ नसके झिक चावीताला हातमा
चुनावताका ठिकै आज बिग्रेको मति भयो


Monday, October 6, 2014

गीत/ गजल नजाने´सी

भमराले फूल सँग नाता जोड्न नजाने´सी
बेहोशीले नशा सँग साथ तोड्न नजाने´सी

बगान मै हराउछु जुनेली रात् अन्धेरो भो
सहयात्री बेइमानी बाटो मोड्न नजाने´सी

देख्दा देख्दै बगैन्चामा बनमारा मौलायो आज 
कान्डा पन्छाई बुट्यान मात्र गोड्न नजाने´सी

कुबेरको ढुकुटी रित्यो बेमौकामा कौडी छोड्दा  
पत्थर् निस्क्यो कोहिनूर हिरा फोड्न नजाने´सी

स्वाभिमान होला मेरो शिर ठाडो राख्न खोज्छु
आजाद पंक्षि हुँ भन्दै हात जोड्न नजाने´सी

गीत '' यादहरुको स्पर्शले ''


यादहरुको स्पर्शले, बिझायो कि तिमीलाई 
कोजाग्रत् पुर्णिमाले गिजायो कि तिमीलाई 

निधार खाली खाली जमरा ओइलाए होलान् 
परेलीका ति मोतिले भिजायो कि तिमीलाई 

भिडमा एक्लै हुन्छ्यौ आजभोलि तिमी पनि 
मलाई जस्तै एकान्तले रिझायो कि तिमीलाई 

अर्कोसाल पक्कै आउछु भन्दिन भो अब म त 
झुटा बाचा कसमले झिजायो कि तिमीलाई 

यादहरुको स्पर्शले, बिझायो कि तिमीलाई 
कोजाग्रत् पुर्णिमाले गिजायो कि तिमीलाई

श्रीभक्त पौडेल ¨आफन्त¨
 
6th Oct published on nareedarpan.com

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...