Thursday, October 30, 2014

गीत यो मनमा

बाटो भुले पनि, तिमी थियौ मनमा
काडा टेके पनि, तिमी थियौ मनमा

यात्रा मेरो थियो, साथ तिम्रो पाए
बाला झूले पनि तिमी फूल्यौ मनमा

रात लामो चिसो, जून् घाम लुके के भो 
मेघ् ले  ढाके पनि तिमी खुल्यौ मनमा

दोश दिन्न शरद, नियम यस्तै छ
पत्ता झरे पनि तिमी रह्यौ मनमा 

बाटो भुले पनि, तिमी थियौ मनमा
काडा टेके पनि, तिमी थियौ मनमा





No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...