Monday, October 6, 2014

गीत/ गजल नजाने´सी

भमराले फूल सँग नाता जोड्न नजाने´सी
बेहोशीले नशा सँग साथ तोड्न नजाने´सी

बगान मै हराउछु जुनेली रात् अन्धेरो भो
सहयात्री बेइमानी बाटो मोड्न नजाने´सी

देख्दा देख्दै बगैन्चामा बनमारा मौलायो आज 
कान्डा पन्छाई बुट्यान मात्र गोड्न नजाने´सी

कुबेरको ढुकुटी रित्यो बेमौकामा कौडी छोड्दा  
पत्थर् निस्क्यो कोहिनूर हिरा फोड्न नजाने´सी

स्वाभिमान होला मेरो शिर ठाडो राख्न खोज्छु
आजाद पंक्षि हुँ भन्दै हात जोड्न नजाने´सी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...