Wednesday, October 15, 2014

गजल बदलियो नभन

बदलिए यी मौषम मलाई, बदलियो नभन
बाँचेको छु परेली तलाई, बदलियो नभन

कतै झिल्काले जले कतै रापले जलायो छाती
ओस्सिएको हुनसक्छ सलाई, बदलियो नभन

हुरी चलेको बेला मनमा आंधी चलेको बेला
भाग्यौ मनको आगो चलाई, बदलियो नभन 

राँको बोकेर हातमा बिप्लवी बन्न सक्छु तर
कहाँ जाउ दुनियाँ जलाई, बदलियो नभन 

समाजबाद र पूंजीवाद बहाना लडाईं को
पूरानो खेल् पर्खाल ढलाई, बदलियो नभन

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...