Monday, October 6, 2014

गीत '' यादहरुको स्पर्शले ''


यादहरुको स्पर्शले, बिझायो कि तिमीलाई 
कोजाग्रत् पुर्णिमाले गिजायो कि तिमीलाई 

निधार खाली खाली जमरा ओइलाए होलान् 
परेलीका ति मोतिले भिजायो कि तिमीलाई 

भिडमा एक्लै हुन्छ्यौ आजभोलि तिमी पनि 
मलाई जस्तै एकान्तले रिझायो कि तिमीलाई 

अर्कोसाल पक्कै आउछु भन्दिन भो अब म त 
झुटा बाचा कसमले झिजायो कि तिमीलाई 

यादहरुको स्पर्शले, बिझायो कि तिमीलाई 
कोजाग्रत् पुर्णिमाले गिजायो कि तिमीलाई

श्रीभक्त पौडेल ¨आफन्त¨
 
6th Oct published on nareedarpan.com

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...