Tuesday, October 21, 2014

गजल एउटै छ

रोजेर हेर,सब थोक, घाम एउटै छ
खोजेर हेर,यस लोक, राम एउटै छ

हतार मा दुनियाँ, हतारमै छन् लोग
सोचेर हेर,एक झोक, धाम एउटै छ

न तिमीलाई पुग्यो न त मलाई कहिल्यै
सोधेर हेर,सम रोग, नाम एउटै छ

आखिर मरेर जाने खाली हात हो भन्छौ
घोचेर हेर,हर शोख, दाम एउटै छ

भान्छा फरक होलान यहाँ ब्यन्जन पनि
घोलेर हेर,जब भोक, माम एउटै छ



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...