Tuesday, October 14, 2014

गीत-मनको बाक्सा

लेख्नु पर्ने तिमी लाई एउटा जरुरी बात सानु 
पन्ना छैन रूख बाट झरेको एउटा पात सानु

सपना होकि बिपना कुन्नी परेली यी बन्द मेरा
बेहोशी मा बर्बराए´नी दिलमा मिठो मात सानु 

रगत सबको रातो भन्छन् धुक धुक गर्ने मुटु
उन्च निच त थाहा भएन पिरतीको जात सानु 

भुले सारा अन्धेरी रात एउटै तारा छाती माझ
मध्य रात ब्युझे बाहिर हेर्छु जुनेली रात सानु

चिट्ठी होइन यादरु तिम्रा, तिमी सँग फुकाउछु
खोली हेर मनको बाक्सा यादै यादको खात सानु

लेख्नु पर्ने तिमी लाई एउटा जरुरी बात सानु !!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...