Thursday, October 16, 2014

गजल पिउदै जाउ

पिउदै जाउ मधुशाला, तिम्रो नाम गर्दिन्छु
अनुरोध त गरी हेर् तिम्रा हर् काम गर्दिन्छु

खाली रहने छैनन् प्यालाहरु, थप्दै जानेछु 
पर्दा पछाडी भन्थ्यौ नि त्यो खुले आम गर्दिन्छु

मैले नै सिकाए पिउन तिम्रा बहाना हुन्थे
देउ एक ईशारा यहाँ ताम झाम गर्दिन्छु

कमजोर जाल कसले पो बिछ्याएको छ र
देख्दैनौ ति नजर सामु छल छाम गर्दिन्छु

मेरो जवानी पियौ तर् बहार निख्रेको छैन
हिजोका मेरा आफन्त भोलि बद्नाम गर्दिन्छु

श्रीभक्त पौडेल ¨आफन्त¨


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...