Thursday, October 16, 2014

गजल दाप सँग डराउनु

झाडीमा बारुला भन्दा साप सँग डराउनु
पाकेको कोयो बिनाको आप सँग डराउनु

ग्लोबल वार्मिङ्ले हिमपात हुन्छ शरदमा
नदिको गहिराइ भन्दा ढाप सँग डराउनु 

नौनी पग्लन बेर लाग्ला परन्तु आजभोलि
पत्थर पगाल्ने त्यही राप सँग डराउनु

गुणस्तर प्रमाण चिन्ह सिफारीस् जिन्दाबाद
मुस्कान सँगै सुन्दरी छाप सँग डराउनु

खुकुरी भन्दा कर्दा लाग्ने साच्चै रैछ हजुर
सानो हुन्छ गोप्य तर दाप सँग डराउनु !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...