Wednesday, October 8, 2014

अति भयो

भाका सरेको सर्हैछ छ हेर्नुस् अति भयो
सहमति खेल खेल्या भन्नुस् कति भयो

सुबिधा र तलब, पड्केको दिनको भत्ता
भ्रमण अनि उपचार गन्नुस् खति भयो

अनुहार लोभि बिरालो स्याल जस्तै चम्बु
कर्तब्यका पाइलाहरु कछुवाको गति भयो

सके कमाउ नसके झिक चावीताला हातमा
चुनावताका ठिकै आज बिग्रेको मति भयो


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...