Thursday, December 27, 2018

गजल घर त होइन कतै ??


जिन्दगीको अर्को नाम, डर त होइन कतै
जती बांचियो त्यती नै, कर त होइन कतै ??

सकिएन चिन्न सायद्, गोरेटा र गन्तब्यहरु 
जहाँं रात बित्छ अचेल, घर त होइन कतै ??

चिता जल्दा घाट रुन्छ, छोडि जान्छ धुवाँ
मुढा जलाउने एकैमुठी, खर त होइन कतै??

खुशी लुकाउँछन् ओठहरु,यी आसुँ परेलाले
यी परेला नै जिन्दगीका, चर त होइन कतै??

ढल्यो भन्छन् भरोशाका, पर्खालहरु कहिं
सम्बन्धमा विश्वाशका, भर त होइन कतै?? 

Monday, December 17, 2018

जाम छचल्किए

उनका परेला त, मेरा जाम छचल्किए

 जति छचल्किए, खुले'आम छचल्किए !!


धरापमा परे, विश्वाशका ति झुपडीहरु 

आखिर गालीहरु, तथा'नाम छचल्किए !!


भत्काउनु नै रहेछ, ती सम्बन्धका पर्खाल
हर्कतले भ्याएसम्म, साम'दाम छचल्किए !!

स्विकार्न धौ भए, समझदारीका खोटहरु
बगलीमा छुरा राखी, हरे!राम छचल्किए !!

नछचल्किनु थिए, हाम्रा सम्बन्धका 'बाँध'
रोकिएनन् हाम्रा बूंद, सुबह'साम छचल्किए !!

ती नजरहरुले!!

नबोलेरै धेरै बताए, ती नजरहरुले,
रै'छ मादकता मताए, ती नजरहरुले !!


मदारीको तालमा नचाए, ती नजरहरुले!!
वहींभो सरुवा जहां खटाए, ती नजरहरुले!!


आखिर त्यहि प्रेम घटाए, ती नजरहरुले !!
हिजो-आज त झनै, अताए ती नजरहरुले!!

ईशारामा बोलाउंथे, ईशारामै म जान्थें
दफ्तर बन्यो यो जिन्दगी, उनै मेरो साहिब


अटाई नटाई थियो प्रेम, तिनै नजरहरुमा
बिर्सिन नै नसक्ने, याद पापी किन आउँछ 

अलिखिती रूपक

कल्पना पौडेल आचार्य

पात्र म अनि
जिवित/अर्धजिवित मेरै सपनाहरु
अर्धनग्न चेतनाभित्रका 
नग्न भूमिकाबिहीन चरित्रहरु
नेपथ्यमा सुनिन्छन्
तिनै सपनाका चित्कारहरु
पटक-पटक मुर्छित हुन्छन्
सम्हाली नसक्नु आर्तनादहरु
आर्तनादभित्रका क्रन्दनहरु
असह्य पिडाभित्रका रोदनहरु
रङ्गमन्च निस्पट अन्ध्यारो हुन्छ
नेपथ्यबाटै मलाई घोक्रेठ्याक लगाईन्छ
कि जा गएर अभिनय गर भनि ।

न सम्बाद छन्, न मनोबाद नै
अदृस्य लाग्ने परिकल्पनाकार भन्छ
जा-जा गएर भन कि
त जिवित छस्
नेपथ्यका तेरै सपनाहरु जस्तै
निशब्द म उक्लन्छु अध्याराहरुमा
मलाई त लुछ्न पठाईन्छन्
मेरा बाँकी रहेका अस्मिताहरु
बर्दियाका उखुबारीहरुबाट
जोगाएका मेरा आफ्नै
जिवित अभिलाषाहरु
क्षतबिक्षत पार्न खोज्छन्
तिनै दर्शकदिर्घामा अग्रपंक्तिमा रहेका
प्रमुख अतिथीहरु
कानूनका ठेकेदारहरु
नगर प्रमुखहरु
मेरा आफ्नै मामा, काका, सानाबाहरु
खै कथाले मागेको हो या
परिकल्पनाकारको रोजाई
या त्यही फैलिएको अन्धकारले
कस्तो अन्धकार हो यो
उज्यालोभित्र चुक पोखिए जस्तै
अघिसम्म एक्लो थिएँ म
एकान्की भनिएको थियो ।
तर एक्कासी नरपिचासहरुको प्रबेश सुरु हुन्छ
नि:शब्द मेरा अभिनयलाई कमजोर बनाईन्छन्
कस्तो निर्देशन हो यो ?
कस्तो परिकल्पना ?
कस्तो सुत्रभित्रको रुपक हो यो ?
अमुक नारीलाई रङ्गमन्चमा उतारिन्छ
बिना सम्बाद अन्धेरीहरुमा
अनि प्रबेश गराईन्छ
रक्त पिपाशुहरु
म रन्थनिन्छु
मेरो माथिङ्गल घुम्छ
सिंहदरवार हल्लिन्न
सितल निवासमा हावा लाग्दैन
बालुवाटार निदाईरहन्छ ।
भो भो नलेखिउन एस्ता नाटकहरु
बन्द गर यी रङ्गमन्चहरु
मलाई निकाल
यो अन्धेरो भूमिका र सम्बादबिहिन रुपकबाट
अलिखित नै रहन देओ
यी अलिखी रुपकहरु
लेखिनै पो किन पर्यो र
मन्चन नै किन हुनुपर्यो र ?
हर दिन हर साँझ मन्चन भैरहेका छन् ।
@महिला खबर अनलाईन पत्रीकामा प्रकाशित 

बहकिएको मन !


मौन साँझ, मौन म अनि रङ्गहरु। हो रङ्गहरु! हो, यस्तो लाग्छ हिजो आज म यिनै रङ्गहरुमा घुलिरहेको छु, झुलिरहेछु शायद अनेकौं कुन्ठाहरुले चिचिएको म,म आँफैलाई भुलिरहेको छु रङ्गहरुमा। कहिले क्षितिजका रङ्गहरुमा मितेरी लगाउँदै, कहिले शान्त र गम्भिर सागरका निला रङहरुमा आँफैलाई भुलाउँदै। हरेक आयाममा म रङ्ग भेट्छु हर परिवर्तन, हावाका झोका, खसेका पात, फक्रिएका थुङ्गा यद्धपी काँडाहरुमा पनि। श्यामस्वेत तस्बिरहरुमा कबिता लेख्छु झरेका पातहरुमा रुमानीहरु। थाहाछैन म खुशी छु कि दुखी तर केवल रङ्गहरु मात्रा खोज्छु म अन्धेरा रातहरुमा पनि कसैका बेमतलबी बातहरुमा पनि। न मदिरा न यौवनका छताछुल्ल गल्लिहरु, न संगीत न गल्लिका हल्लाहरुमा म आफुलाई भुलाउन सक्छु, त केवल म रङ्गहरुको नै खोजिमा हुन्छु। कहिले पुतली बनी त कहिले भमरो बनी फूलहरुमा भूल्छु जहाँं म अनिगिन्ती रङ्गहरु भेट्छु। ढुङ्गेपहाडमा रमाउँछु पतझड जङ्गलहरुमा रमाउँछु। किन कि हरकहिं म रङ्ग भेट्छु। बिहानीका पाईलाहरु सङ्गै, दिउँसोका चाल अनि साँझका रित्ता हुन् या भरी प्यालाहरु सबैमा मिठासका रङ्गहरु भेट्छु।
सोच्छु आखिर किन म यती धेरै रङ्ग प्रिय हुन पुग्दैछु। समयले पैँठेजोरी खेलेको बेलामा,हत्केलाका रेखाहरु मेटिँदै गएका बेलामा, भिडमा पनि एक्लो महशुस भएको बेलामा पनि म रमाएको हुन्छु रङ्गहरुमा र रङ्गहरु सँगै। अनि हो तिनै रङ्गहरु पोख्न थाल्छु कतै अक्षर त कतै शब्द बनाएर।सजिलै गुनगुनिन्छन् मेरा शब्दहरु, जुन नजरका मसीले तिनै गीतमा पोतिएका हुन्छन्, छरिएका हुन्छन् ताराका बिस्कुन जस्तै। हरेक भेटिएका फूलहरुको तस्बिर लिन्छु, साँझमा टाढा देखिएका क्षितिजहरुमा टोलाउँछु, साँझकै सिन्दुरीहरु सुटुक्क चोर्छु अनि बस्छु मनका बह पोख्न। त्यहाँ पनि पोख्छु म थोरै रङ्गहरु धेरै आस्थाका बुटिहरु अनि अतितका त्रुटिहरु। सायद मन लाई सोध्न सक्ने थिएँ भने सोध्ने थिएँ मैले ' ए मन! तँ किन यतिधेरै बेचैन हुन्छस्?किन हरपल बहकिन्छस्?' भनि। परन्तु भेट्दिन मैले आफ्नै मन सामुन्नेमा।
हुनसक्छ म केही भुल्दैछु या केही भुल्न खोज्दैछु या अझै भूल्ने कोशीस गर्दैछु तर के? यही तितो यथार्थ बर्तमान, त्यो बिगत या अज्ञात भूत??।।

Sunday, December 16, 2018

गीत

Dashain 2018 Albir Alicante
भन म कहाँ कहाँ गरुँ हस्ताक्षर
जहाँ भन्छ्यौ त्यहीँ गर्छु हस्ताक्षर

मनको कलम मनकै मसीले
जिवन सुम्पे तिम्रो नजरमा

सुनमा जलप सुनकै कसीले !!

रोज्यौ यो साथ नछोड्नु यी हात
बाँध मलाई त्यहि मायाकै रसीले

के भन्नू खै उडीजाने बतासलाई
त्यो मुहार राम्रो मुसुक्क हसीले।।

बिहान राम्रो बिहानी शषिले।

जहाँ भन्छ्यौ त्यहीँ गर्छु हस्ताक्षर
मनको कलम बिश्वासको मसिले।।

केही सेर


सुनें हिजोआज उनलाई रात मन पर्दैन रे 
भनिदेउ न म पनि कहाँं निदाएको छु र??

सुनें, एकान्तमा उनी धेरै बेर रुन्छिन रे
भनिदेउ, न म पनि कहाँ हाँसेको छु र?

सुनें, भिड भाड देखी उनी टाढा भाग्छिन् रे
भनिदेउ न मलाई पनि एकान्त मन पर्छ भनि।

सुत्र कबिता

एक अंस
सरकार र राज्य
परिधी बिनाका परिचय 
जहाँ सार्बभौम "बन्दी" छ
पत्रकार कानुन खोज्छ
पुलिस उप्काउछ ।
धर्मको लिलाम हुन्छ
अधर्मको आयात
दसगजाका लालपुर्जा खै?
अर्दलीहरुको दिवाली
मन्त्रालय बिगुल फुक्छ
देश हरायो राजधानीमा
सरकार बिजुलीका खम्बाहरुमा
कथित जनता चटक हेर्छन्
ठट्टा सुन्छन्
रित्तो पेट मिचिमिची हाँस्छन् ।

गजल

नियालेर त हेर यी आँखामा, एक कहानी भेट्नेछौ 
सुरु त गर साँझमा, पढ्दा’पढ्दै बिहानी भेट्नेछौ!

लामा छन् कथा, लामै छन् ब्यथा पनि मेरा हजुर 
फूलका कबिता कोर्दै बिते, त्यही जवानी भेट्नेछौ!

बिकेनन् मेरा सपनाहरु, सपनाकै बजारमा आखिर
साँच्चैनै कहिले शुस्केरा, त कहिले हैरानी भेट्नेछौ!

निदाउन नसकेका पल, फूलका कालिनहरुमा पनि 
छामेर नहेर है कहिकतै, भिजेका सिरानी भेट्नेछौ!

खन्डहर लाग्ने यो जिन्दगी, “आफन्त”को पढ्दै गर्नु 
यो गजल सकिए पछी, झनै मिठा रूमानी भेट्नेछौ! 

श्रीभक्त पौडेल “आफन्त”
स्पेन


नब्युँझे सूर्य, बिहानी देखिन्न

gulfos iceland 

निभ्दैन आगो, खरानी देखिन्न
नबुझे ज्वाला, कहानी देखिन्न


खोज्दैछु यहाँ, मदानी देखिन्न
लागेको चोट, निशानी देखिन्न

नबुझे ज्वाला, कहानी देखिन्न
मोथिएका छन्, छातीको हुंडहर्

सकस् मुटु´मा, चले तिर´हरु
साँझमा डुबेको, भोली के थाहा

नब्युँझे सूर्य, बिहानी देखिन्न
निभ्दैन आगो, खरानी देखिन्न

यात्रा हो जीवन gazal

रहरहरु सङ्ग खेलें
लहरहरु सङ्ग खेलें!!
यात्रा हो जीवन भन्दै
डगरहरु सङ्ग खेलें!!
रङ्गहरु त कहाँँ पाउनु
जहरहरु सङ्ग खेलें!!
बग्न चाहन्थेँ नदी सरह
बगरहरु सङ्ग खेलें!!
भेटिएनन् साथी कतै
शहरहरु सङ्ग खेलें!!
र पनि मर्दैन धित
कहरहरु सङ्ग खेलें!!
जिन्दगी जुवा पनि भने
दहरहरु सङ्ग खेलें !!
रङ्गहरु त कहाँँ पाउनु
जहरहरु सङ्ग खेलें!!
- आफन्त
रेइक्याभिक अाइसल्याण्ड

यादका मितहरु !!

बादलपारीका खुशी समेट्ने आशमा 
समुन्द्रपारीका सपना भेट्ने आशमा
बिर्सिएछु ति नदी किनारका मितहरु 
जून ताराहरुमा नजरहरु अडिए मेरा
जब कि दिप शिखामा थिए मितहरु
हो बिर्सिएकै हो मैले मेरा सखीहरु
घर पछाडी करेसामा लगाएका प्रितहरु
दोबाटोमा बाटो छेकी लगाएका प्रेमहरु
न यादमा आउन दिए मैले, न सपनीहरुमा
निकै परको यात्रामा निस्कीएको रहेछु
आफ्नै छायाँ समानका मितहरु भूलेर
खेतबारीमा शुसेल्दै गाउने गीतहरु भूलेर
भुलेको रहेछौ कैयौं यादहरु कैयौं पलहरु
जो जीवनका हरेकपलमा याद नै बनी रहन चाहन्थे
आज एक्कासी झस्कायो मलाई
कती नमिठा यादहरुले
हो बालपनका यादहरुले
सिङ्गाने बचपनका यादहरुले
गोधुलीका प्यारहरुले
भुलेर पनि भुल्न नहुने यारहरुले
हरेक यामका मिठा बहारहरुले
हो आज सम्झनामा बहकिन खोज्दा
बिर्सिएका यादहरुलाई यादमा खोतल्दा
परेली भरीएका पाएं
मायालुहरुले हातमा मेहन्दी लगाएको देख्दा
यादहरु उर्लिएर आए छातीभरी
ति हत्केलाका रङ्गहरु पनि एक दिन
बिलाउदै जानेछन्
तर बिलिन हुन दिनेछैन म
म मेरा मनका मितहरु
मेरा बचपन अनि बाल सखेहरु
जो भूलेर पनि
नदीका दुई किनार झैं
नरहनु थियो !!

आखिर हराएको त बिश्वाश रहेछ

खुशी त थिए हिजो अभाबहरुमा 
आज न अभाब नै छन् न खुशी नै 
न चाबी थिए न ताल्चा हिजो 
र पनि त बिश्वाश थिए 
आज चाबी छ ताल्चा छ
तर बिश्वाश छैन
आखिर हराएको त बिश्वाश रहेछ
मायालुको अङ्गालोबाट आभाष
स्वतन्त्रता भित्र खुला आकाश
हो धेरै थोक हराएकै हो
आज हाम्रो जमिन र जीवन बाट
के के मात्र खोजौं ?
भर नभएका सम्बन्धहरु
घर भत्किएका परिवारहरु
केके मात्र हराएन र यहाँ ?
देशबाट सिमा
राज्यबाट सरकार
हराउन थालेको त धेरै भैसक्यो
नखोजिएका होईनन्
नभेटिएका पनि होईनन्
सब थोक पराईका भैसके
सिमा छिमेकका
सरकार पराईका !
त्यसैले त भन्दैछु म अझै
सबै भन्दा ठुलो बिश्वाश हरायो
हो बिश्वास !
मन्दिरबाट मुर्ति मात्र होइन
धर्म प्रतिको
आस्था अनि बिश्वाश हरायो
पक्कै हो धर्म पनि त हरायो
मानबता हराएको त युगौं भैसक्यो
आज धर्म हरायो
सबै भन्दा ठुलो त
आफु र आफु प्रतिकै बिश्वाश हरायो !!

गजल

तस्बिर साथी बुद्ध गुरुङ्ग जापान 
ठोक्नुछ डुङ्गा, पहारा खोज्दैछु
डर छ डुब्ने, सहारा खोज्दैछु

प्रेमका पंक्षि, पिन्जडामा देखेँ 
बांच्नुछ अझै, गूजारा खोज्दैछु

आज जिन्दगी, मझ्धारमा भेटियो 
झिनो आशामा, किनारा खोज्दैछु

पुर्णिमा छैन, यो सुक्ल पक्षमा 
चम्किने तारा, सितारा खोज्दैछु

मुटु छ हातमा, दिन्छु उसैलाई 
उसैको एक, ईशारा खोज्दैछु!!



आभाश आस्माको

कस्तो आभाष हो यो
कहिले लाजको कहिले उन्मादको
जीवनका छुट्टै अनुभूतिहरु
एेनामा पोखिएका हुन्छन्
गाजलका काली बनेर 
ओठका शुशेलिमा पोतिएका हुन्छन्
गुलाबी लाली बनेर
मलाई छोएर बहने
त्यो लुम्लेको बतास सङ्ग
सोध्न मन लाग्छ
मलाई जिस्काउने
माछापुछ्रेको छायाँसँग प्रश्न गर्न मन लाग्छ
आखिर के हुन्छ मलाई आजकल?
सेतीका बगरमा दौडन मन लाग्छ
साराङ्गकोटमा नाच्न मन लाग्छ
अनि फेवामा पौडन मन लाग्छ!
साच्चै नै यो "पोख्रेली मन"
जीवनका अन्तरङ्गमा हराउन खोज्छ
सिस्नेरी हुँदै पूनहिल बाट कराउन खोज्छ
किन कि यो मन
उत्ताउलो हुन्छ
शरदका सयपत्री जस्तै!
किन नहोस् त यो
पोख्रेली मन??
अनि पोख्रेली मन सँगै
आज म सँग
थोरै लाज धेरै खुशी
अनगिन्ती सपनाहरु छन्
र त म छु
भुलेको छैन
कुसौराका फाँटमा सङ्गिनीहरु सङ्ग खेलेका
लुकामारी, गट्टा र खुट्टे
मामु सङ्ग पृथ्वीचोक र लेकसाइड
फेवामा डुङ्गा र बार्णिज्यचोकमा चटपट
एस्तै एस्तै कुराहरुले
मन चन्चल हुन्छ आजकल       
यो पोख्रेली आस्माको

गजल


कम से कम, म आज बदनाम छैन
नामी नभए के भो त, गुमनाम छैन

नास्तिक नभन, कणकणमा देब छन्
पत्थर ढोग्दिन कहिल्यै,म'हराम छैन

फुटेको कौडी छैन, र पनि खुशी छु
लामो हात गर्ने बानी, छल'छाम छैन

भन्नलाई भन्छु, ए!साथी कहिल्यै नपिय
आफन्तले भने नपिएको, एक'साम छैन

गीत चोटहरु

सहने बानी परेछ मलाई, मायालुले दिएका चोटहरु
प्यारा नै लाग्छन् जीवनमा, यी सहंदै जिएका चोटहरु

दोश न उन्को थ्यो, न मेरो, समय सुनामी भयो
पापी भो दुनियाँ आखिर, मेरो नै, बदनामी भयो

हराएँ उनको अङ्गालोमा, सुम्पेर जवानी सारा
छुरी धसि मलाई आखिर, लुटेर जवानी सारा   

रेटिदे सारङ्गी र्याइँ'र्याइँमा, यी सारा मेरा ब्यथा अब 
गनी गनी सुम्पन्छु तँलाई, बलजफ्त लिएका चोटहरु

edt req

आखिर किन त?, सम्बन्धमा दरार भेटिन्छन्
सहमत् ब्यर्थै, किस्ताबन्दीमा करार भेटिन्छन्

विश्वस्त छैन, मान्छे आँफैमा कहिल्यै पनि 

सुन्दैन पत्थर्, र पनि खै पूकार भेटिन्छन्
बिक्दैछ 'मान्छे' खोटा सिक्काहरुमा आज 

उसैलाई मार्ने,ती उसैका अहङ्कार भेटिन्छन्
आगो न धुवाँ, भित्रै-देखि अङ्गार भेटिन्छन् ??

म अनि मेरा अक्ष्यर

म अनि मेरा अक्ष्यर
अक्ष्यरले बनेका शब्द शब्दले बोकेका बोझ हो त्यहि बोझको थिचाईले उठ्नै नसक्ने गरि थिचेको छ मलाई 'म' लाई होईन मेरा परिस्थीति अनि समयलाई अदृस्य शक्तिले न्यांके जस्तै न्यांकिरहेका हुन्छन् मलाई ति अक्ष्यरका बोझहरु अनि शब्दका बोझहरु बोझै बोझ थेग्नै नसक्ने भएको छ म भित्रको 'म' अकल्पनिय जीवन गोरेटाहरुमा म आफुलाई डोर्याईरहेको हुन्छु तथापि धकेल्छन् मलाई तिनै बोझहरु कहिले भाग्य बनेर कहिले कर्म बनेर कहिले मंङ्गल त कहिले शनि बनेर। जित्दा जित्दै पनि हार स्विकार्नु पर्ने यो कस्तो बिधान जिन्दगीको? सिमित पावन्दी सिमित स्वतन्त्रता भित्र पंखेटा काटिएको परेवा झैं फ़डफ़डाई रहेको हुन्छ मन यो कस्तो अलिखित बिज्ञान जिन्दगीको ग्रसित मनस्थिति मुर्छित सपनाहरु अर्धचेत अनुभूतिहरु आखिर के छ त खै अचुक निदान जिन्दगीको ?? न पहाडले जस्तो घमण्ड बोकेको छ न सावने खहरेले झैं उद्दण्ड बोकेको छ र पनि पटक पटक चट्याङ्ग सहेको छ भूमरी सहेको छ सूनामी सहेको छ र पनि समयकै प्रहारले घाईते छ यो म भित्र 'म' अनि आफैले कोरेका शब्दहरुको बोझले मरणसान्न घाइते छ। खै के लेखिन्छन् के पोखिन्छन् कोरा पन्नाहरुमा।।। २३ मङ्गसीर,२०७५ शनीबार कोस्टाब्लान्का स्पेन

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...