Sunday, December 16, 2018

आभाश आस्माको

कस्तो आभाष हो यो
कहिले लाजको कहिले उन्मादको
जीवनका छुट्टै अनुभूतिहरु
एेनामा पोखिएका हुन्छन्
गाजलका काली बनेर 
ओठका शुशेलिमा पोतिएका हुन्छन्
गुलाबी लाली बनेर
मलाई छोएर बहने
त्यो लुम्लेको बतास सङ्ग
सोध्न मन लाग्छ
मलाई जिस्काउने
माछापुछ्रेको छायाँसँग प्रश्न गर्न मन लाग्छ
आखिर के हुन्छ मलाई आजकल?
सेतीका बगरमा दौडन मन लाग्छ
साराङ्गकोटमा नाच्न मन लाग्छ
अनि फेवामा पौडन मन लाग्छ!
साच्चै नै यो "पोख्रेली मन"
जीवनका अन्तरङ्गमा हराउन खोज्छ
सिस्नेरी हुँदै पूनहिल बाट कराउन खोज्छ
किन कि यो मन
उत्ताउलो हुन्छ
शरदका सयपत्री जस्तै!
किन नहोस् त यो
पोख्रेली मन??
अनि पोख्रेली मन सँगै
आज म सँग
थोरै लाज धेरै खुशी
अनगिन्ती सपनाहरु छन्
र त म छु
भुलेको छैन
कुसौराका फाँटमा सङ्गिनीहरु सङ्ग खेलेका
लुकामारी, गट्टा र खुट्टे
मामु सङ्ग पृथ्वीचोक र लेकसाइड
फेवामा डुङ्गा र बार्णिज्यचोकमा चटपट
एस्तै एस्तै कुराहरुले
मन चन्चल हुन्छ आजकल       
यो पोख्रेली आस्माको

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...