Sunday, December 16, 2018

आखिर हराएको त बिश्वाश रहेछ

खुशी त थिए हिजो अभाबहरुमा 
आज न अभाब नै छन् न खुशी नै 
न चाबी थिए न ताल्चा हिजो 
र पनि त बिश्वाश थिए 
आज चाबी छ ताल्चा छ
तर बिश्वाश छैन
आखिर हराएको त बिश्वाश रहेछ
मायालुको अङ्गालोबाट आभाष
स्वतन्त्रता भित्र खुला आकाश
हो धेरै थोक हराएकै हो
आज हाम्रो जमिन र जीवन बाट
के के मात्र खोजौं ?
भर नभएका सम्बन्धहरु
घर भत्किएका परिवारहरु
केके मात्र हराएन र यहाँ ?
देशबाट सिमा
राज्यबाट सरकार
हराउन थालेको त धेरै भैसक्यो
नखोजिएका होईनन्
नभेटिएका पनि होईनन्
सब थोक पराईका भैसके
सिमा छिमेकका
सरकार पराईका !
त्यसैले त भन्दैछु म अझै
सबै भन्दा ठुलो बिश्वाश हरायो
हो बिश्वास !
मन्दिरबाट मुर्ति मात्र होइन
धर्म प्रतिको
आस्था अनि बिश्वाश हरायो
पक्कै हो धर्म पनि त हरायो
मानबता हराएको त युगौं भैसक्यो
आज धर्म हरायो
सबै भन्दा ठुलो त
आफु र आफु प्रतिकै बिश्वाश हरायो !!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...