Sunday, December 16, 2018

गीत चोटहरु

सहने बानी परेछ मलाई, मायालुले दिएका चोटहरु
प्यारा नै लाग्छन् जीवनमा, यी सहंदै जिएका चोटहरु

दोश न उन्को थ्यो, न मेरो, समय सुनामी भयो
पापी भो दुनियाँ आखिर, मेरो नै, बदनामी भयो

हराएँ उनको अङ्गालोमा, सुम्पेर जवानी सारा
छुरी धसि मलाई आखिर, लुटेर जवानी सारा   

रेटिदे सारङ्गी र्याइँ'र्याइँमा, यी सारा मेरा ब्यथा अब 
गनी गनी सुम्पन्छु तँलाई, बलजफ्त लिएका चोटहरु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...