Sunday, December 16, 2018

गजल

नियालेर त हेर यी आँखामा, एक कहानी भेट्नेछौ 
सुरु त गर साँझमा, पढ्दा’पढ्दै बिहानी भेट्नेछौ!

लामा छन् कथा, लामै छन् ब्यथा पनि मेरा हजुर 
फूलका कबिता कोर्दै बिते, त्यही जवानी भेट्नेछौ!

बिकेनन् मेरा सपनाहरु, सपनाकै बजारमा आखिर
साँच्चैनै कहिले शुस्केरा, त कहिले हैरानी भेट्नेछौ!

निदाउन नसकेका पल, फूलका कालिनहरुमा पनि 
छामेर नहेर है कहिकतै, भिजेका सिरानी भेट्नेछौ!

खन्डहर लाग्ने यो जिन्दगी, “आफन्त”को पढ्दै गर्नु 
यो गजल सकिए पछी, झनै मिठा रूमानी भेट्नेछौ! 

श्रीभक्त पौडेल “आफन्त”
स्पेन


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...