Sunday, December 16, 2018

गजल

तस्बिर साथी बुद्ध गुरुङ्ग जापान 
ठोक्नुछ डुङ्गा, पहारा खोज्दैछु
डर छ डुब्ने, सहारा खोज्दैछु

प्रेमका पंक्षि, पिन्जडामा देखेँ 
बांच्नुछ अझै, गूजारा खोज्दैछु

आज जिन्दगी, मझ्धारमा भेटियो 
झिनो आशामा, किनारा खोज्दैछु

पुर्णिमा छैन, यो सुक्ल पक्षमा 
चम्किने तारा, सितारा खोज्दैछु

मुटु छ हातमा, दिन्छु उसैलाई 
उसैको एक, ईशारा खोज्दैछु!!



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...