Sunday, December 16, 2018

यादका मितहरु !!

बादलपारीका खुशी समेट्ने आशमा 
समुन्द्रपारीका सपना भेट्ने आशमा
बिर्सिएछु ति नदी किनारका मितहरु 
जून ताराहरुमा नजरहरु अडिए मेरा
जब कि दिप शिखामा थिए मितहरु
हो बिर्सिएकै हो मैले मेरा सखीहरु
घर पछाडी करेसामा लगाएका प्रितहरु
दोबाटोमा बाटो छेकी लगाएका प्रेमहरु
न यादमा आउन दिए मैले, न सपनीहरुमा
निकै परको यात्रामा निस्कीएको रहेछु
आफ्नै छायाँ समानका मितहरु भूलेर
खेतबारीमा शुसेल्दै गाउने गीतहरु भूलेर
भुलेको रहेछौ कैयौं यादहरु कैयौं पलहरु
जो जीवनका हरेकपलमा याद नै बनी रहन चाहन्थे
आज एक्कासी झस्कायो मलाई
कती नमिठा यादहरुले
हो बालपनका यादहरुले
सिङ्गाने बचपनका यादहरुले
गोधुलीका प्यारहरुले
भुलेर पनि भुल्न नहुने यारहरुले
हरेक यामका मिठा बहारहरुले
हो आज सम्झनामा बहकिन खोज्दा
बिर्सिएका यादहरुलाई यादमा खोतल्दा
परेली भरीएका पाएं
मायालुहरुले हातमा मेहन्दी लगाएको देख्दा
यादहरु उर्लिएर आए छातीभरी
ति हत्केलाका रङ्गहरु पनि एक दिन
बिलाउदै जानेछन्
तर बिलिन हुन दिनेछैन म
म मेरा मनका मितहरु
मेरा बचपन अनि बाल सखेहरु
जो भूलेर पनि
नदीका दुई किनार झैं
नरहनु थियो !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...