Tuesday, April 27, 2021

कल्पुको एक फरक सृजना

धन्न चल्दैछन् यी घडीहरु, समय रोकिएको छैन 
रोकिएमा के हुन्छ होला, अझै सोचिएको छैन !!

शायद, यही नै शिलशिला हो, प्रकृतिको यहाँ 
कहिले रोकिन्छस् तँ, भनि कतै सोधिएको छैन !!

प्राण छ वायुसङ्ग, अनि जीवनका अस्तित्व पनि 
रोकिएमा चल्न वायु, बिकल्प खोजिएको छैन !!
 
के थाहा, स्वार्थमा चलेकोछ जिन्दगी एसैपनि 
जहाँं असत्य छोडि, सत्य कतै रोजिएको छैन !!

रे रे मा चल्छ कानुन्, दैव-भरोषामा छ राज्य 
'गु' हो कि 'गोबर'छ्या त्यो घोचिएको छैन !!

Sunday, April 25, 2021

गजल 'कल्पु' को

बेकारका मान्छेहरु सङ्ग, म बोल्नै चाहन्न 
भो कर नगर म कुनै कुरा खोल्नै चाहन्न ।।

नितान्त पृथक छन्, मेरा परिवेशहरु यहाँ 
जहाँ असमन्जस्यका, रङ्गहरु घोल्नै चाहन्न ।। 

हराउन देउ मलाई अब, मेरै मौनता भित्र 
छाडेर यी मौनता, ती कहर रोज्नै चाहन्न ।।    

बुझ्दछु म मान्छेहरुका, कपट अनि छुद्रता 
के, किन, कस्को, कसरी, सोध्नै चाहन्न ।। 

जलेहुन्छ जल्नेहरु,'कल्पु'का शब्दहरु सङ्ग 
'विश्व-शान्ती'बाहेक, अन्य केही सोच्नै चाहन्न ।।  

Monday, April 19, 2021

मौनता

मेरा आवाज रोक्ने,, सरकार छदैछ
मेरा मौनतालाई रोकेर देखाउ साथी।।  

तिमीले बेकारमा रोक्यौ बोलिका आगहरु 
आज मलाई तिम्रै मौनताले जलायो प्रिया!!

मौनता स्विकृतिको आवाज हो, भन्थेँ म आफैँ 
थाहाछैन एतिधेरै दोधारहरु, कहाँबाट आउंछन्?

ती चुपचाप मैले चुपचाप सहिरहें       
मौनता पछिका बिष्फोट सहन सकिन !! 
 
नबोलेरै धेरै बोल्ने, बन्द ओठहरु उनका, सुन्दै थिएं 
कस्तो हो यो उल्झन, त्यो मौनता मैले बुझ्न सकिन ।। 

कल्पुको एक अर्को गजल

नसोध्नु भो जे जसो तसो, चल्दैछ जिन्दगी 
कहर र रहरको तेलमा नै,, बल्दैछ जिन्दगी ।। 

समयकै झेल होकि, भाग्यको खेल हो कुन्नी 
त्यही मैदानमा उठ्दैछ फेरी, ढल्दैछ जिन्दगी ।। 

न बेल पाक्यो न काग रमायो, घाम ढल्कीरह्यो  
फत्याक फुतुक्कै कर्कलो जस्तै, गल्दैछ जिन्दगी।। 

दोशपनि कसलाई पो दिनु, सबै आफ्नै लाग्ने  
हेर्नुस त आफ्नै छायाँले झैँ, छल्दैछ जिन्दगी ।। 

न घाऊ छन् न चोट देखिन्छन्, र पनि पिडा    
के भनुँ म 'कल्पु' आफैँसङ्ग, जल्दैछ जिन्दगी।।   

त्यही मायामा पनि प्रति-घात भेटिन्छन्

न चस्केर दुख्छ
न झस्केर दुख्छ
हिजोआज मुटु
अनायसै दुख्छ।।
न किल भेटिन्छन्
न खिल भेटिन्छन्
अनायसै आँखामा
झिल भेटिन्छन् ।।
न घाउ भेटिन्छन्
न खत भेटिन्छन्
अनेक बहानामा
पिउने लत भेटिन्छन् ।।
न रुख भेटिन्छ्न्
न छायां भेटिन्छन्
सम्हाली नसक्नु
माया भेटिन्छन् ।।
चलन एस्तै छन्
यहाँ दिन भेटिन्छन्
वहि रात भेटिन्छन्
त्यही मायामा पनि
प्रति-घात भेटिन्छन् ।।

Monday, April 12, 2021

गीत /गजल: लागेन खै पाप कसैलाई भूलिजाने धेरै थिए

लागेन खै पाप कसैलाई भूलिजाने धेरै थिए 
चुँडेको भए हुन्थ्यो कि, फूलिजाने धेरै थिए!!

सकिन खै मायाजालमा, समातेर राख्न मैले  
लाजको सारा पर्दा हटाई, खुलिजाने धेरै थिए!!  

जानिन रे त पिउन मैले, ति नजरका मातहरु  
प्रेम हो है भन्दै बासनामा, झुलिजाने धेरै थिए!!

मोहनी नै हो कि कुन्नि, नतमस्तक बनाए झैँ  
झुटहरुलाई  छातीभित्र , हुलिजाने धेरै थिए!!   

खुला थिए तगाराहरु, पसिदिन्थे जोकोही आई
यो चोखो मनको बगानमा, डुलिजाने धेरै थिए!!  
 

Sunday, April 4, 2021

सायद 'कशिस' भन्छन्, उर्दूका कविहरु

तिम्रा हेराइले नै मर्छु,, कुराका के कुरा 
तिखा परेली छन् उस्तै, छुराका के कुरा 

टिकाले लोभ्याउँछ, गाजलले मोहित पार्छ 
अनुहारमै अल्झन्छु म,, चुराका के कुरा

सक्दिन गर्न बर्णन, लेखि गजल कवितामा 
ती अधुरा मुस्कान काफी, पुराका के कुरा   

सायद 'कशिस' भन्छन्, उर्दूका कविहरु  
पिलाउँछ्यौ त नजरबाटै, सुराका के कुरा 

Saturday, April 3, 2021

गजल:असन्तुस्ट रहरहरुले नै, 'रहर' जन्माएपछि !!

कहाँं भेटिनु हजुर नदी, बगर जन्माएपछि  
त्यही बगरमा महल बन्यो, शहर जन्माएपछि !!

सुन्छु निदाउनै सक्दैन रे, शहर हिजोआज 
कसोरी निदाओस आँफैले, कहर जन्माएपछि !! 

के शान्त बस्लान् र? सूनामी उठाउने सागर
किनारसम्म आई फर्कने, लहर जन्माएपछि !!  

हिजोआज न्युयोर्क र सिड्नीमा हाहाकार छ
देख्नु भयो नि बिज्ञानले, जहर जन्माएपछि !!

धमाधम स्खलित भए सुन्दर सपनाहरु यहाँ
असन्तुस्ट रहरहरुले नै, 'रहर' जन्माएपछि !!

एक फरक गजल: अघोसित 'प्रेम बजारहरु' टोलटोलमा थिए !!

जे जति भेटिए मादकता, पिएका झोलझोलमा थिए 
अस्लिलता कसोरी भनुं, भेटिएका खोलखोलमा थिए !!
  
न देहमा प्यास थियो, न थिए नजरमा अत्रिप्तता   
र'पनि गूलाबी ओठहरु, मायाकै तोलमोलमा थिए !! 

मिनेट, घण्टा हुँदै रातभरको, जोखना रुपैयाँसङ्ग   
हाम्रा हठात् नजरहरु, उनीहरुकै गोलगोलमा थिए  !!

शहर गूलाबी थियो, उनका ओठका लाली जस्तै 
कामुक नगरबधुहरु, बिजुलीका पोलपोलमा थिए !!

कतै रहर होलान्, कतै बाध्यता पक्कै होलान्
यी अघोसित 'प्रेम बजारहरु' टोलटोलमा थिए !!
------
रवाफ देखाउंदै सोध्थे,, कति चोटी दिन्छौ   
निर्धक्क जवाफ हुन्थ्यो,, जति रोटी दिन्छौ 

कम से कम,, म सङ्ग त अझै यो जिन्दगी छ

महलको छेवैमा एउटा,, बासमा तड्पिएका छन्
बुझ्नुस् ए हजुर नेपाली, दासमा तड्पिएका छन्!!

भन्दिन भो मलाई,,, जिन्दगीले पिउन सिकायो 
यहाँ कैयौं साथीहरु,,, प्यासमा तड्पिएका छन् !!

कम से कम,, म सङ्ग त अझै यो जिन्दगी छ   
हेर्नुस् कोही जिन्दगीकै, आसमा तड्पिएका छन् !! 

भो छोड्नु हुँदैन भन्छु,, एक सीता पनि थालमा 
त्यो सडकमा मान्छे एक, गासमा तड्पिएका छन् !!  

रीबन काट्नमा ब्यस्त, शुभारम्भमा छ शिंहदरबार
हेर सरकार मान्छे जिउँदो, लासमा तड्पिएका छन् !!

डाली ५

 कोपिला १ 
काकाकुल शहरले पानी पायो 
धारो पनि पानी देखी तर्स्यियो होला 
मुर्झाएका बोटले जवानी पायो ।। 

कोपिला २ 
कोपिलामा चरो डाली बिर्सिएर
निर्दयी भए रे पूजारीहरु हिजोआज  
चुँडिहाल्छन् फूल माली बिर्सिएर ।। 

कोपिला ३  
चियायो कसैले मलाई टुलुक्क आज 
सपना भरी थियौ यादबाट हटाउनै सकिन 
देख्न'पाए अब मुहार झुलुक्क आज ।। 

कोपिला ४ 
घर'घरमा संबिधानको किताब राखेका छन्
कुन मुख लिएर भोट माग्न जान्छौ मलाई भन त 
साबधान नेता जनताले हिसाब राखेका छन् ।। 

कोपिला ५ 
जसो तसो काट्नु त भो जिन्दगी साथी 
कोही रहरले जहर पिउंछन् कसैलाई औसधि छैन 
आफू लाई भने घांडो पो जिन्दगी साथी !!

 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...