Wednesday, September 28, 2022

गजल पलभरका खुशीहरु

पलभरका खुशीहरु आज रहर बनेका छन् 
हर सपनाका घर आङ्गन बगर बनेका छन्!!

अतिरन्जीत नगर है, मेरा प्रेमका शब्दहरु 
कसैलाई सहारा कसैलाई जहर बनेका छन् !!

भग्नावेशमा हराए सारा पूराना प्रेम-पत्रहरु 
जीवन भूकम्पले पुरिएका शहर बनेका छन्!!

खै कसोरी सम्हाल्ने हो, सकस बड्दै गए
लुकाउँदा लुक्दैन आँसु, नहर बनेका छन् !!

नगर भो शान्त सौम्य सालीनताका कुराहरु 
यी मनका मौनता समेत कहर बनेका छन्!!


Monday, September 26, 2022

गीत/गजल duet धारिला ति नजर उस्तै

केटा 
जहाँँ जहाँं तिमीले डेरा सर्यौ ति शहर उस्तै 
के बयान गरुँ प्रिया धारिला ति नजर उस्तै 

केटी 
राग रती मादकतामा तिम्रा आँखा भरिएका 
बुझ्छु मैले तिम्रा छेड्खानीका ति रहर उस्तै
 
केटा 
कसोरी दोश दिउँ सौन्दर्यता त्यो उपमालाई  
नदिलाई पछ्याउने, प्रेमिल ति बगर उस्तै  

केटी 
वासनाका खेती गर्छौ सपनाका बिज छर्दै 
किनार आई फर्किने सागरका ति लहर उस्तै 

केटी
जहाँँ जहाँं तिमीले डेरा सर्यौ ति शहर उस्तै....

केटा 
के बयान गरुँ प्रिया धारिला ति नजर उस्तै

केटा
खुशी मिल्छ छटपटीमा छातीमा आगो बल्दा 
आउसङ्गै मिलीपिउँ अनुरागका ति जहर उस्तै 

केटी 
यो कस्तो दोधार हो निर्क्यौल भेट्नै नसकिने 
हिँड्दिन भन्दा दौडन पर्ने उफ् ति डगर उस्तै

केटी
जहाँँ जहाँं तिमीले डेरा सर्यौ ति शहर उस्तै....
केटा 
के बयान गरुँ प्रिया धारिला ति नजर उस्तै
  

Sunday, September 25, 2022

तिमीले जस्तो अनुहार छोपेर हिंड्नु पर्दैन मलाई


               
               प्रकाश बाबु पौडेल 
                 काठमाडौं, नेपाल 

 

              
तिमीले जस्तो अनुहार छोपेर,हिंड्नु पर्दैन मलाई 
न पश्चतापमा जल्न,न रातभर रुनु पर्दैन मलाई !!

धोकाधडी त जान्दै जानिन, न अपेक्ष्या नै थियो  
त्यसैले त घात प्रति-घातमा, डराउनु पर्दैन मलाई!!

तिमीले जस्तो अनुहार छोपेर हिंड्नु पर्दैन मलाई
छोड्यौ साथ मझधारमा, नछोड्नु थियो हातहरु  !!


तिमीले जस्तै आँधीमा बत्ती जोगाउनु पर्दैन मलाई                                           लुकिलुकी कति हिन्ड्छ्यौ, दुनियाँसङ्ग भागी भागी  

कसले सिकायो धोका दिन भावनासङ्ग खेल्न अझै 
प्रेम बदनाम भन्दै आफ्नै गला गिड्नु पर्दैन मलाई !!

तिमीले झैं गुमनाम जिन्दगी, बिताउनु पर्दैन मलाई!!
तिमीले जस्तो अनुहार छोपेर हिंड्नु पर्दैन मलाई!!


Tuesday, September 13, 2022

गजल आजको'अंजुमन'

मेरा सृङ्गारमा गजल, लेख्नेहरु हो 
भित्री सुन्दरता देख्दै नदेख्नेहरु हो!!

मेरा सृङ्गारमा गजल, लेख्नेहरु हो 
 
नआओ आईन्दा अब यो बाटो गरी  
गहिरा नजरहरुमा जाल फेक्नेहरु हो !!

पापी दुनियाँका लोभी आँखाहरु उस्तै   
चोखा आङ्गन देखेपछि, टेक्नेहरु हो !!

के थाहा तिमीलाई आजको'अंजुमन' 
घरिघरी एकान्तमा बाटो छेक्नेहरु हो 

मेरा सृङ्गारमा गजल, लेख्नेहरु हो !!

के भन्नु र खै सखी उतार चढाव जिन्दगीमा

के भन्नु र खै सखी उतार चढाव जिन्दगीमा  
भाग्य र समयका अनगिन्ती दबाब जिन्दगीमा !! 

थाहै छैन के चाहन्छु म के चाहन्छन् दुनियाँ 
सब थोक छ र पनि अझै अभाव जिन्दगीमा !!
 
छर्लङ्ग छन् ती घामजून जस्तै लुकाएको छैन 
के छ र देखाउनु, सकिए रवाफ जिन्दगीमा !!

एता टाल्यो उता उध्रन्छ उता टाले एता हजुर 
साँच्चै लाग्छ के शनिराहुका प्रभाव जिन्दगीमा !!

छैनन् मीठा कहानी मेरा, न मीठा गीतहरु   
कति सुन्छौ सधैंभरी एउटै तनाब जिन्दगीमा !!

Monday, September 12, 2022

मेची हाम्रो चाँदनी र दोधारा नि हाम्रै

मेची हाम्रो चाँदनी र दोधारा नि हाम्रै  

मुगू सोलु, परासी त्यो बारा नि हाम्रै  

यो टेकेको जन्मभूमि हुर्कीएका आङ्गन 

ताप्लेजुङ्गका खुकुरी, बाजुरा नि हाम्रै  


बर्दियाका फाँटमा नाच्ने मृग मजुर हाम्रै  

स्वयम्भु र पशुपतिका सुनका गजुर हाम्रै  

ईलामका चियाबारी,, तराईका उखुबारी 

कान्तिपुरका मठमन्दिर सबै ए हजुर हाम्रै 


खैंजेडी र मुर्चुङ्गा, मालश्रीका धून हाम्रै 

श्री'अन्तुबाट देखिने चम्किला जून हाम्रै

काली गण्डकीका सालीकग्राम लुम्बिनिका पिपल 

सम्झनुस् गोर्खालीले बगाएको खुन हाम्रै 


श्रीभक्त पौडेल 'आफन्त'

रचनाकाल;भदौ २७, २०७९, सोमबार 

स्पेन  

Sunday, September 11, 2022

गीत:कति बस्छौ माईतीघर जेलैमा

केटा 
कति बस्छौ माईतीघर जेलैमा 
आउन भेटौं दसैंंको मेलैमा 
केटी 
पाएसम्म को छोड्छ माईतीघर 
तिम्रोलागि को तोड्छ माईतीघर 

केटा 
धेरै भाथ्यो म गाउँघर नआको 
सानु तिम्रो केही खबर नपाको 
केटी 
फोन गरेनौ फोन नम्बर देको थें 
भेट्न आएनौ घर नम्बर देखो थें

केटा 
म तिम्रो तिमी मेरो जवानी सम्हाल्देउ 
घरमा भित्री साँझ बिहानी सम्हाल्देउ 
केटी 
सम्हाल्नुछैन कसैको घर कसैको जवानी 
जो मनमा बस्छ उसैको घर उसैको जवानी  

केटा 
कति बस्छौ माईतीघर जेलैमा 
केटी 
पाएसम्म को छोड्छ माईतीघर
केटा 
आउन भेटौं दसैंंको मेलैमा 
केटी 
आउँदिन भो दसैंंको मेलैमा   

गीत: जीवन दोबाटोमा मिल्किएसरी भो

जीवन दोबाटोमा मिल्किएसरी भो
यो छातीमा आगो सल्किएसरी भो !!

केही गल्ती भए होलान् पाप गरिन मैले 
त्यसैले त बिनाकारण पश्चताप गरिन मैले 

जिन्दगी कहानीमा भेटिएसरी भो  
लेख्दालेख्दै कथामा मेटिएसरी भो!! 

जिउँदो आभाश धुकधुकीमा भेटिन्छन् 
मायाका अनुभूति ढुकढुकीमा भेटिन्छन्!!   

आफ्नै बस्तीबाट लेखेटिएसरी भो 
आफुले आफ्नै गला रेटिएसरी भो !!

जीवन दोबाटोमा मिल्किएसरी भो
यो छातीमा आगो सल्किएसरी भो 

Thursday, September 8, 2022

बदलियौ बादल जस्तै

परिवर्तन हुन्न भन्थ्यौ बदलियौ बादल जस्तै
हिजोआज भएको  छु, अर्ध पागल जस्तै ।।

हिजो सम्म तिमीले, ठोक्दैछ आज समयले
आखिर यो जिन्दगी दोबाटोको मादल जस्तै।।

न सोहोर्न मिल्ने न कोतर्न मिल्ने यी यादहरु 
लतपतिए तिम्रा ती आँखाका, गाजल जस्तै।।

निकै उन्नत जातको, मार्सी कि बासमती भन्थे
केलाउनु पर्ने भो, बियाँ मिसिएको चामल जस्तै।।

चाहना अधुरा सपना सपना रहे 'आफन्तका'
मौनतामा छु त्यो पूरानो, रातो आंचल जस्तै।।

  

Tuesday, September 6, 2022

त्यो सिउँदोमा सजाएको रातो भूलेर !!

कहाँ सम्म पुग्छ्यौ तिमी बाटो भूलेर 
तीनै मायापिरतीको चोखो माटो भूलेर !!

म वहीँ छु जहाँ तिमीले छोड्यौ सानु 
त्यो सिउँदोमा सजाएको रातो भूलेर !! 

के पायौ ती घुम्तीमा एक्लिएर जहाँ 
सङ्गै सुखदुख जिन्दगीका पाटो भूलेर !!

मलहम लिई आएकी भरिँदै घाऊहरु                           
नयाँ चोट किन दिन्छ्यौ खाटो भूलेर !

कहाँ सम्म पुग्छ्यौ तिमी बाटो भूलेर 

कृष्ण शर्मा रेग्मी 
आन्त्वेर्पेन, बेल्जियम   



Saturday, September 3, 2022

झुटै झुटका 'एहशास' देखाएको छु

छिट्टै आउंछु भनि आस देखाएको छु 
देख्दै नदेखिने, विश्वाश देखाएको छु 

कसोरी बाँच्ने पलपल यादमा भन त 
भन्दा जून तारा आकाश देखाएको छु 

चित्त बुझाउ है भन्छु मेरा तस्विर हेरेर 
तस्बिरमा आँफैलाई खास देखाएको छु 

बेईमानी पो बन्यो कि क्याहो आफन्त 
झुटै झुटका 'एहशास' देखाएको छु  

त्यही मौनताले धेरै नै,, बताएर गयो

अहो एक सरो बतासले मताएर गयो  
माया भन्ने के हो, थोरै जताएर गयो 

छोटो स्पर्श मिठामीठा अनुभूति छोडी 
जाँदा जाँदै त्यही मायाले अताएर गयो 

अनेक कुरा जिन्दगीमा बिर्सिएको थिएँ 
चिसिएका मन मुटु फेरी तताएर गयो  

केही मेरा पनि सुन, के भनेको थिएँ 
त्यही मौनताले धेरै नै,, बताएर गयो 


Thursday, September 1, 2022

जे सुकै भन तिमीसङ्ग त, छाडा हुनेछु

जे सुकै भन तिमीसङ्ग त, छाडा हुनेछु

हरेक सम्मोहक मिलनमा, गाडा हुनेछु!!


चुम्नेछु हरेक अङ्ग-अङ्गमा, नछोडी कतै   

कहिले ओठ नजिक कहिले, टाढा हुनेछु!!


खोल्नेछु सर्टका टाँक, खोल्नेछु हुकहरु 

कतै कतै ग्यांटिस कतै म, नाडा हुनेछु !!  


उक्लनु ओर्लनु, तिमीले पनि गर्नुपर्नेछ 

समथर मात्र कहाँ हो र,? डांडा हुनेछु !! 


एेया भने भन, , दुख्यो भने पनि भन  

च्वास च्वासी घोचि'राख्ने, कांडा हुनेछु!! 


जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...