Tuesday, January 13, 2026

भनि देउ 'आफन्त' लाई मर्न किन रहर लाग्छ !!

 गजल  

थाहाछैन हिजोआज जिन्दगीसंग डर लाग्छ 
उभिएको यो धर्ति आँगन बलौटे बगर लाग्छ !! 


नजिकको सदरमुकाम बैराग्यको शहर लाग्छ !!
चाहनाका बस्ति उठे सपनाका महल जल्छन् 

सवालमाथि सवाल गर्छ कस्तो हो यो दुनियाँ  
रुवाउनेको साथमा हाँस्नको ब्यर्थै कर लाग्छ !! 

कोमलाताका फूल झरे कठोरता छन् मनभरि 
शितलता छैनन् कतै छाती उसै जरजर लाग्छ !! 

उमंगका उजेलीमा लुकी हिंड्न थाल्यो पौडेल  
भनि देउ 'आफन्त' लाई मर्न किन रहर लाग्छ !!
२०८२ माघ १, बुधबार 

14/02/2026 Wednesday 

No comments:

Post a Comment

भनि देउ 'आफन्त' लाई मर्न किन रहर लाग्छ !!

 गजल   थाहाछैन हिजोआज जिन्दगीसंग डर लाग्छ  उभिएको यो धर्ति आँगन बलौटे बगर लाग्छ !!  नजिकको सदरमुकाम बैराग्यको शहर लाग्छ !! चाहनाका बस्ति उठे...