आऊ एक पटक चाहे हतियार लिएर आऊ
जो हतियार धारिलो चमकदार लिएर आऊ !!
तिमी त मेरो सागर हौ भन्थ्यौ किनारामा छु
सक्छ्यौ डुबाउन अझै मझधार लिएर आऊ !!
सबथोक चमक दमक रंगीबिरंगी नै चाहिन्छ
फिका हैन बदनामीपनि निखार लिएर आऊ !!
फिका हैन बदनामीपनि निखार लिएर आऊ !!
अदालत तिम्रै प्रशाशन तिम्रै छ सजिलै फस्छु
प्रमाण छैनन् बहुमत कै सरकार लिएर आऊ !!
प्रमाण छैनन् बहुमत कै सरकार लिएर आऊ !!
सिद्ध्याउने जिम्मा भो तिम्रो यो 'पौडेल'लाई
सक्छ्यौ भने त्यो नरशिंह अबतार लिएर आऊ !!
सक्छ्यौ भने त्यो नरशिंह अबतार लिएर आऊ !!
No comments:
Post a Comment