दबाएर देब्रे छाती सन्चै भन्नु परेको छ
रुँदारुँदै सधै राती सन्चै भन्नु परेको छ !!
रुँदारुँदै सधै राती सन्चै भन्नु परेको छ !!
चोट आफ्नैले दिने दुखाई छ आफैभित्र
कसलाई भन्नु घाती सन्चै भन्नु परेको छ !!
लुकाएर लुकाईञ्जेल कति लुकाउने अझै
मुटु ब्यथा नाना-भाती सन्चै भन्नु परेको छ !!
मुटु ब्यथा नाना-भाती सन्चै भन्नु परेको छ !!
अरे! करकाप समय बाध्यता र परिस्थिति
उफ पिडाका यी ताती सन्चै भन्नु परेको छ !!
उफ पिडाका यी ताती सन्चै भन्नु परेको छ !!
हार्दैन यो पौडेल मर्दैन थोरै रोगाएको मात्रै
हानेर छातीमा लाती सन्चै भन्नु परेको छ !!
हानेर छातीमा लाती सन्चै भन्नु परेको छ !!
No comments:
Post a Comment