मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्
आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी
नदीकिनार बालुवाका ती महल सम्झना छन्
नजिर राख्छ मुटुलेपनि कठै सास चल्दासम्म
नभेटिने प्रेम बिश्वाश भरोशा शब्द रचना छन्
व्याख्या गर्छ कविताले उल्था गर्छन् कविहरु
बिभक्ति जिजिविषा यहाँ अनेक तर्कना छन्
करकाप छन् बाँच्न अझै छैनन् रहरहरु कतै
रुझिरहन्छ यो पौडेल जहाँ नयन-झरना छन्
shreebhakta paudel

No comments:
Post a Comment