छिट्टै उनको र मेरो वार पार हुनेछ
एउटा दिर्घ रोगी हुनेछ अर्को बिमार हुनेछ।।
एउटा दिर्घ रोगी हुनेछ अर्को बिमार हुनेछ।।
सतह मै रुमल्लिए सदा सम्बन्धहरु
न गहिराई रहे न अब् किनार हुनेछ।।
हुनु हुँदैन प्रेम, डुब्नु हुँदैन प्रेममा
होहल्ला वहिम फगत् एक बिचार हुनेछ।।
होहल्ला वहिम फगत् एक बिचार हुनेछ।।
मिल्नु कि नमिल्नु, भोलि थाहा हुँदा हुँदै
एक हातमा फूल, अर्कोमा हतियार हुनेछ।।
एक हातमा फूल, अर्कोमा हतियार हुनेछ।।
कल्पनामा डुबी सदैव रोई रह्यो 'पौडेल'
दुनियाँ हँसाउने गजल, दम'दार हुनेछ।।
दुनियाँ हँसाउने गजल, दम'दार हुनेछ।।
थप एक शेर

No comments:
Post a Comment