Saturday, January 3, 2026

शराब पिएरपनि त म निदाउन सकिन

शराब पिएरपनि त म निदाउन सकिन 
जसरी प्रेमले उनलाई रिझाउन सकिन !!

फूलपनि भन्यौ तिमीले काँडापनि भन्यौ हिजो 
आज कहीं कतै ती कदममा बिझाउन सकिन !!

बदनाम गर्यौ खुलेआम कस्ता हुन् ती घमण्ड 
शिखरमा राखिरहें अस्तित्व गिराउन सकिन !!

क्यानभाषका तस्विर थिएनन् हाम्रा सम्बन्ध 
जे थिए यथार्थ थिए कुनै बात मिलाउन सकिन !!

सुन्दैछु विरहमा अझै तडपिन्छौ रे एकान्तमा 
हेर आफै हार्दा-हार्दै पनि जिताउन सकिन !!



No comments:

Post a Comment

स्विकार्छु म तिम्रा हर गल्तिहरु ,,

परिवर्तन भई  अझै आउञ्छ्यौ भने स्विकार्छु म तिम्रा  हर गल्तिहरु ,, बिचार छोड अहमताका  आफैलाई सर्बस्व ठान्ने  म नै राज्य हुँ म नै सरकार भन्ने ...