Wednesday, January 28, 2026

song duet


दुवै -

रहरका महल बने, सपनाका शहरमा 
न भत्काउनु न सजाउनु, बलौटे यी बगरमा 

पुरुष 
सम्हालेर राख मेरा, मीठामीठा यादहरु 
एकान्तमा खुशी हुँदा, बिर्सनेछौ मातहरु 
जिन्दगी हो घामछायाँ, रुने हाँस्ने हुँदै गर्छ
मौकामिले भिज्दैगर, यौवनका बर्षातहरु  !!! 

दुवै - 

रहरका महल बने सपनाका शहरमा 
न भत्काउनु न सजाउनु बलौटे यी बगरमा 

महिला 
कसले गाउला कुन्नि अब गीत पिरतीका 
बिर्संदैछ यो दुनियाँले  प्रित गाउंबेशीका 
नबिर्सनु परदेश लाग्यौ तिम्री मनकी प्यारी 
बाडुल्कीमा लाज लाग्ने, रीत सम्झनाका  

दुवै - 
रहरका महल बने, सपनाका शहरमा 
न भत्काउनु न सजाउनु, बलौटे यी बगरमा 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...