दुवै -
रहरका महल बने, सपनाका शहरमा
न भत्काउनु न सजाउनु, बलौटे यी बगरमा
पुरुष
सम्हालेर राख मेरा, मीठामीठा यादहरु
एकान्तमा खुशी हुँदा, बिर्सनेछौ मातहरु
जिन्दगी हो घामछायाँ, रुने हाँस्ने हुँदै गर्छ
मौकामिले भिज्दैगर, यौवनका बर्षातहरु !!!
दुवै -
रहरका महल बने सपनाका शहरमा
न भत्काउनु न सजाउनु बलौटे यी बगरमा
महिला
कसले गाउला कुन्नि अब गीत पिरतीका
बिर्संदैछ यो दुनियाँले प्रित गाउंबेशीका
नबिर्सनु परदेश लाग्यौ तिम्री मनकी प्यारी
बाडुल्कीमा लाज लाग्ने, रीत सम्झनाका
दुवै -
रहरका महल बने, सपनाका शहरमा
न भत्काउनु न सजाउनु, बलौटे यी बगरमा
No comments:
Post a Comment