कन्क्रिटका शहरमा, रोज्यौ आखिर घर तिमीले ।।
गल्तिभए कतै भन्न सक्थ्यौ माग्थे माफ मैलेपनि
गर्नु पर्थ्यो गरिनौ किन, भरोषा अनि भर तिमीले ।।
उसैपनि कमजोर थिए, सम्बन्धका यी धरातल
चर्किएका ती पर्खालमा, थप्दै गयौ चर तिमीले ।।
कोमल छन् अझै मेरा, छाम मनमुटूका कुनाहरु
कहाबाट ल्याई भर्यौ? अबिश्वास र डर तिमीले ।।
युद्धमा त सम्झौता हुन्छ, जिन्दगी हो तिम्रोमेरो
मानिपो हाल्छ कि "पौडेल" गरिहेर कर तिमीले ।।

No comments:
Post a Comment