Saturday, January 3, 2026

नदीले नै ठाउँ छोड्यो, द'रार मात्रै जिन्दगीमा !!

 २३ अगस्ट २०२४ रेक्याभिक गेर्दी 


जित भन्दा बेसी, यी हार मात्रै जिन्दगीमा 
भाग्य हो कि नियतीको मार मात्रै जिन्दगीमा !!

भोग्नेलाई थाहा हुन्छ समयले खेदेका कुरा 
अर्ति उपदेश बेकारका सार मात्रै जिन्दगीमा !!

कलकल बग्ने खोलिमाथि सावनका भेल पस्दा 
नदीले नै ठाउँ छोड्यो, द'रार मात्रै जिन्दगीमा !!

कहाँ पाउनु उज्यालो अनकन्टार ओढारमा छु 
टुकी टुट्यो तेल सकियो दार मात्रै जिन्दगीमा !!

न मह काँडे न हात चाटें धुवाँ त्यसै खेर गयो 
रानो उँड्यो मौरी उँडे घार मात्रै जिन्दगीमा !!

जता गांस्यो उतै चुँडिन्छन् सम्बन्धका डोरीहरू 
जो जे संग बस्यो अधुरो प्यार मात्रै जिन्दगीमा !! 

यता टाल्यो उता उप्कनछ उता टाल्यो यता 
कहिले तिर्छ आफन्तले उधार मात्रै जिन्दगीमा !!   

No comments:

Post a Comment

स्विकार्छु म तिम्रा हर गल्तिहरु ,,

परिवर्तन भई  अझै आउञ्छ्यौ भने स्विकार्छु म तिम्रा  हर गल्तिहरु ,, बिचार छोड अहमताका  आफैलाई सर्बस्व ठान्ने  म नै राज्य हुँ म नै सरकार भन्ने ...