Friday, January 9, 2026

स्विकार्छु म तिम्रा हर गल्तिहरु ,,

परिवर्तन भई 

अझै आउञ्छ्यौ भने

स्विकार्छु म तिम्रा 

हर गल्तिहरु ,,

बिचार छोड अहमताका 

आफैलाई सर्बस्व ठान्ने 

म नै राज्य हुँ म नै सरकार भन्ने 

परिवर्तन भई ,,

सुन्ने गर 

बुझ्ने गर

मनन गर्ने गर 

अन्तरात्माका क्रन्दनहरु 

तोडिदेउ ती दरबारी परिधी 

नराख कुनै मोहका बन्धनहरू 

परिवर्तन भई ,,

जलाई देउ पूराना 

दस्ताबेज नजीरहरु 

जहाँ दबाईए 

सुनौला तक्दिरहरु,,

परिवर्तन भई ,,

खुल्नुपर्छ तिमी 

फूल्नु पर्छ अझै 

माली पनि बनि बगान 

डुल्नु पर्छ तिमी ,, 

परिवर्तन भई 

अझै आउञ्छ्यौ भने

स्विकार्छु म तिम्रा 

हर गल्तिहरु ,,

No comments:

Post a Comment

भन्न पाए सजिलै मर्दैछु आज

भनुँ या नभनुँ के गर्दैछु आज  भन्न पाए सजिलै मर्दैछु आज  कर्म बग्यो पसिनामा देखिदैन  आफ्नै भाग्यमा भर पर्दैछु आज  उम्रन सकेनन् बिज बिजन् अझै ...