Wednesday, January 28, 2026

गजल

चाहाना त बर्षात थियो, शीत संग मन बुझाएँ         
जिन्दगीका सु;ख र दु;ख गीत संग मन बुझाएँ 


युद्ध चल्यो समयसँग बाध्यताले मैदान छोड्दा 
एक्लोपनले जित्यो त्यहि जीत संग मन बुझाएँ 

कति बोल्नु त्यो ऐनासंग कति दौडनु छायाँसंग 
मनभरिका, मनै-मनका, मीत संग मन बुझाएँ 

छुरी उचालें आगो खोजें भिडसंग म लुक्दै हिडें
भाग्य लेखो कर्म अनेकौं, रीत संग मन बुझाएँ 

गल्ति भए धेरै हिजो परिस्थितिलाई दोषमात्र 
मन्दिर धाई प्राय, प्राय;श्चित संग मन बुझाएँ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...