Wednesday, December 30, 2015

गजल : यस्तै छ पाटो जिन्दगीको

साथी छ लाटो जिन्दगीको
लामो छ बाटो जिन्दगीको

सल्केछ झिल्को छातिमा यो
निभ्दैन आगो जिन्दगीको

थामेर औन्ला भो नछोडे
भेटिन्छ धागो जिन्दगीको

फल्दैन ढुङ्गा खाद'माथी
बेक्कार पाखो जिन्दगीको

सेतो कि कालो भो नसोधौं
यस्तै छ पाटो जिन्दगीको
----------

छन्द - याला
सूत्र -  २२१ २२२  १२२
बिश्राम - ५ अक्षरमा  

Monday, December 28, 2015

१२१ २१२

हुरी चलेछ त्यां
धुरी ढलेछ त्यां

कहाँ नसोध भो
छुरी चलेछ त्यां

हिजो जितेछ आज्
सुली चढेछ त्यां

छन्द चुरेन ( १२१ २१२)
///////////////////////


कस्तो मात लाग्यो
लामा रात लाग्यो

भिज्थे जो सिरानी
खाली हात लाग्यो

पानी खोज्छ प्यासी
कूवा घात लाग्यो

तक्किया छ अग्ला
चिट्ठी खात लाग्यो

एेंठन् हो कि कुन्नी
झूटा बात लाग्यो


काङ्टेगा
२२२ १२२

Saturday, December 26, 2015

नभन्नुस् भो देखावटी, मेरो माया हजुरलाई song

नभन्नुस् भो देखावटी, मेरो माया हजुरलाई
सोधे हुन्छ् बनमा नाच्ने,एक्लै रुने मजुरलाई

साया भन्दा नजिक छु, छामी'हेर्नु देब्रे छाती  
सृङ्गारेर् राखेको छु,मन् मन्दिरका गजुरलाई

भन्दिन भो ज्यान दिन्छु, बांच्ने रहर जिन्दगीमा
रङ्ग थपौं आउनुस् मिली, साँझको त्यो इन्द्रेणीमा

विश्वाश टुटे नाता टुट्छ, धागो जस्तै सम्बन्ध यो
हजुर कै नाम लेखिसकेँ, पिरतीको बन्दगीमा

बिन्ती
नभन्नुस् भो देखावटी, मेरो माया हजुरलाई

Thursday, December 24, 2015

चूनौतीको तराजुमा

तौलिएर गयौ आँफै, जिन्दगीको तराजुमा
कैलेसम्म टिक्छौ भन, साद्गीको तराजुमा

पहाड् आए फोर्छुभन्दै, सागर् आए तर्छुपनि
भोलि पर्सी थाहा छैन, चूनौतीको तराजुमा

लालपुर्जा अर्कैको नाम्, तम्सुक पनि च्याती
राखी छाडी आँफैलाई, बन्दगीको तराजुमा

स्वर्ग जाने भर्याङ् हैन, घामपानीको दोछाया
कसो गरी चढ्ने होला, इन्द्रेणीको तराजुमा  

फुललाई देखें


आफ्नै बगानका, फुललाई देखें
कस्ता छि भँवरा, हुललाई देखें !!

धिक्कार आफुमा, नटिपूं न रोजूँ
मैलो धुवां कठै, धुललाई देखें

सुख्खा छ त्यो कुवा, धमिला ईशारा
माली छ बेईमान्, भुललाई देखें

छामेर हेर्छु'यो मनका यी पीडा
बैराग छातिका, शुललाई देखें

आफ्नै बगानका, फुललाई देखें
कस्ता छि भँवरा, हुललाई देखें !!

Wednesday, December 23, 2015

हो नि बरै, रुनमा नि तस्कर

सुनमा झै, नुनमा नि तस्कर
आफन्तकै, खुनमा नि तस्कर

मिठो बोली, यां चेपारे घस्नेको
छु म देख्दै, गुनमा नि तस्कर

मकै खोइला, उखुको के कुरा
देखें आफैं, घुनमा नि तस्कर

जमिन बेचे, नदिनाला खोला नि
बेच्दा बेच्दै, जुनमा नि तस्कर

घुर्क्याइँ सुँक्सुँक्, छातीमा शिर राखी
हो नि बरै, रुनमा नि तस्कर

Tuesday, December 22, 2015

जादु छ भन्छन्

खै तिम्रो बोलिमा, जादु छ भन्छन्
त्यो बख्खु चोलिमा, जादु छ भन्छन्

न सुन्न पाएं मैले, न देख्न पाएं लौ
र् गुलाबी झोलिमा, जादु छ भन्छन्

ईशाराले बोल्ने परेलीका तरेलीहरु ती
हो टल्कने फूलिमा, जादु छ भन्छन्

रहर छ देख्ने दुलही बनेको एक दिन
ताम्दानी डोलिमा, जादु छ भन्छन् 

Sunday, December 20, 2015

उनको याद आयो

परेवाको माकुर सुन्दा, मेरी उनको याद आयो
भुलेको थें रोसनी तारा, फेरी जुनको याद आयो

सारङ्गीको रेटाइ मिठो, मादलुको घिनघिनताङ्मा
गाएका थियौं प्रेम गित् त्यही धुनको याद आयो

सागरले ल्याए हुन्थ्यो ति, तितामिठा सम्झनाहरु
सुदुर् पश्चिम् सँगै घुम्यौं, भेरी पूलको याद आयो


बैना दियौं बैना लियौं, पाल्पाली चोली रुमाल
दुलही झैं सर्माउंदाकी जाली घुमटो याद आयो

सुनें तिमी त बिरानी भयौ रे

सुनें तिमी त बिरानी भयौ रे
साँच्चै भिजेको सिरानी भयौ रे

अहँ विश्वाश लाग्दैन अझै नि
हर् कोही सँग दिवानी भयौ रे

उफ! यो याद ति पुराना दिन
आज अर्कै'की परानी भयौ रे

प्यास अत्रिप्त कस्तो चाह तिम्रो
साँझ् को सुरुवात् बिहानी भयौ रे


होला दौलत तिमीले चाहेको
आगो त्यसैको खरानी भयौ रे

Saturday, December 19, 2015

धर्म र जात छाडाको भर हुँदैन

धर्म र जात छाडाको, भर हुँदैन
नाम अनेक उसैको त, थर हुँदैन

परिवार एक, मन्दिर हो सदैब
चोथाले बाइफालाको, घर हुँदैन

एेनामा देखिन्न, मनभित्रको मैल
तर्कनेहरु सँग बोल्न, कर हुँदैन

मिठे मुह कि धारिले छुरी जो
गहिरो घाऊ तैपनि, चर हुँदैन

जती उम्ले नि, गहिरो कराइमा
पानी मिसाए दुधको, तर हुँदैन





फेरी उन्को याद आयो

फेरी उन्को याद आयो
पूर्णे जुन्को याद आयो

हात्मा हात साथ उस्तै
त्यही फन्को याद आयो

रोधी घाँटु रात बिते
बाजा धुन्को याद आयो

भुल्नै गाह्रो प्रित् पुरानो
घुम्थ्यौं बन्को याद आयो

भाक्यौं देबी देवता त्यां
सानो थुम्को याद आयो

छन्द : काङ्टेगा
सूत्र: $$$ ।$$$

रीत मायाको

लेखेको उन्कै, गीत मायाको
देखेको चोखो, प्रित मायाको

भेटिन्नन् आज, पुरानो साथ
सक्दिन भुल्न, रीत मायाको

टुटेका याद्'मा, खुशीछु आज
कसोरी मिल्यो, हीत मायाको

भोक् होकी चाह, अत्रिप्त मन
मेटिएन कैल्यै, धीत मायाको

जीत हमेशा, मायाकै भन्छन्
मनाअौं मिली, जीत मायाको 

Tuesday, December 15, 2015

राम रोक्यौ कहाँ

बिहानीको लोभ देखाइ,, घाम रोक्यौ कहाँ
जन्मिन्थे कि कृष्णअर्जुन राम रोक्यौ कहाँ

मानबताको खडेरी भो,, बुद्ध जन्मे जहाँ
चुम्नु पर्ने शिखर थियो लाम रोक्यौ कहाँ

अन्नको भण्डार तराई डान्फे हिमाल नाच्थे
खाली पेट बाला रुन्छन्न् माम रोक्यौ कहाँ

सहिदका रगतले,,,, कोरिएका सिमाना खै
खोज्नुपर्ने भो आफ्नै देश नाम रोक्यौ कहाँ

अनिर्णयको बन्दी सधैं अल्मल्यायौ अंधेरोमा
कहाँ लग्यौ सालीग्राम ति धाम रोक्यौ कहाँ 

चलन पुरानो

फाली अड्काइ गोरु पिट्ने चलन पुरानो
कस्लाई पोखौं यो छातीको जलन पुरानो !!

स्पर्श नै काँडा लाग्ने चिथोरिए कलेजी नै
निको भएन ब्यर्थै लिएं त्यो मलम पुरानो

न कोइलीले गाए न मजुर् नाचे बनमा
लेख्न खोज्दा मनको बह, कलम पुरानो

भुइँचालो र सुनामी ति थेगे पनि हिजो
अडिएनन् लौ धुरि-खम्बा दलन पुरानो

राधा रुन्छे साँझ एक्लै कृष्ण टाढा भयो
पर्देशमा एक्लै रूने कठै सलिम पुरानो  !!

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...