Friday, January 29, 2016

तिम्रो मनकी रानी हुँं म

गीत

तिमी मेरो मनको राजा
तिम्रो मनकी रानी हुँं म
परेलीका झपक भित्र
लुकाइ राख नानी हुँं म

तिमी मेरी जुन तारा हौ  
तिमी बादल पानी हुँं म
मायालुको मन्दिर भित्र
पिरती कै थानी हुँं म

तिमी माली म फुलको बोट
तिमी सन्ध्या बिहानी हुँं म

आउ राजा राज गर आजै
पाएक पर्ने राजधानी हुँं म
तिमी मेरो मनको राजा
तिम्रो मनकी रानी हुँं म 

बारूद सिरानी, धुवाँ सिरक भो

बारूद सिरानी, धुवाँ सिरक भो
नसोध मलाई, युद्ध के भनेर

बेचेर लुम्बिनी, दसगजा कटाउंदै
नखोज म भित्र, बुद्ध खै भनेर

बढाबढ् लिलामी, सिमाना देखाइ
ब्यर्थैको पुछानी, क्रुद्ध  छस् भनेर

चोबल्यौ संगिन्, अछुतो कहिं छैन
धारा बागमती, सुद्ध छ भनेर

पड्किन्नन् शीखा, जती तेल थप
बारूद सिरानी, धुवाँ सिरक भो
नसोध मलाई, युद्ध के भनेर

जता भ्वाङ्ग उतै, फाट्दैछ सरकार

सुनिन्छ न्यानो, बांढ्दैछ सरकार
जनता भन्छन्, ढांट्दैछ सरकार

चिसोले जलेका, ब्युंझिन्नन् अब
मुर्दासँग बिश्वास्, साट्दैछ सरकार

हांडी-घोप्टेहरुको, सभा भो संसद
अलकत्रा ओकली, चाट्दैछ सरकार

चरित्र उदाङ्गियो, न बोलिको ठेगान्
जता भ्वाङ्ग उतै, फाट्दैछ सरकार

नुन माग्छ् बाजुरा, मौन राजधानी
हावामा बिजुली, आँट्दैछ सरकार

(परन्तु सकरात्मक सोच यथावत राखौं है)
- Kalpana Poudel Acharya

Thursday, January 28, 2016

पोखे शब्दका सहारामा, कबिता बने

बगे आँखाबाट भावना, रमिता बने
पोखे शब्दका सहारामा, कबिता बने

मेरी अबिछिन्न ईन्द्रावती, बगे सरह
विश्वाश छ एकदिन त, सरिता बने

सभ्यता अनि संस्कार, खोज्नेछु अझै
बुझ्नेछन् सबजनले जो, नमिता बने  

कोर्दछु बह् गहका मसीले, पढे है सखी
लाखौंमा एकल राधाकी, ललिता बने

बगे आँखाबाट भावना, रमिता बने
पोखे शब्दका सहारामा, कबिता बने

,,,,,,,,,,,,,,,,,,,
सरिता- धारा प्रबाह नदी (हिन्दी उर्दु)
ललिता - पौराणिक कथामा राधाको घनिस्ठ साथी
नमिता - झुक्नु, प्रार्थना गर्ने ब्यक्ती

हेर! धुरी माथिको, बाज उस्तै छ !!

सुकिला मुकिलाको, राज उस्तै छ !!
"टाठो" सरकारको, काज उस्तै छ !!

तारा झार्छु भन्नेले, टुकी बाल्दैन
भोली भन्नेहरुको, आज उस्तै छ  !!

धरोहर त उठ्लान्, इँट् पत्थरका
फाटे चोलीथाङ्नाको, लाज उस्तै छ !!

सहमती कि षड्यन्त्र, राजनितिमा
असफल् ब्यक्तित्वको, नाज उस्तै छ !!

माऊ निस्क्यो चारा टिप्न, परदेशमा
हेर! धुरी माथिको, बाज उस्तै छ !!

र ?

बेताज बादशाह आँफै जल्दैछन्
हुकुमत चलाऊंछु भन्थे हिजो
अर्कैले कोरेको सिमानामा
सजिलो राज कहाँ पाउंथे र?

टुक्रे राज्यको चाहनामा, सिङ्गो
सार्भभौम माथिको अतिक्रमण
नदी तर्ने काठे डुङ्गाको सहाराले
मझधार कट्न कहाँ सक्थे र?

देखिन्छन् स्वघोशित महापुरुष
एेन जलाएर चैनको बिगुती दल्दै छन्
नयाँ जोगिका अनेक रूप हेर्नुस् यहाँ
परन्तु असली रूप कहाँ ढाकिन्थे र?

आफ्नो ढाढे सँग जोगाउन बिराल्नीले
आफ्नै छाउरा जति ठाउँं सारे पनि
नयाँ बोत्तलमा पुरानै रक्सी आखिर
पूरानै ह्याङ्गले किन छाड्थ्यो र?

कठै! कलीला प्युशाहरु बिचरा
हारजित नटुङ्गिएको युद्ध मैदानमा
मल्हम पट्टिको पर्खाइमा अझै
निती र बादका घाऊ निको यसै हुन्थ्यो र?


बेकार छ

कल्पना पौडेल आचार्य 
भरतपुर चितवन 
(स्पेन) 

अविश्वाशको धागोमा, चल्नु बेकार छ
र त इर्श्याको आगोमा, जल्नु बेकार छ

जिउनु छ यो आफ्नै, जिन्दगी भने यहाँ
देखासिकी रिषराग्'मा, जल्नु बेकार छ

हिम्मत अनि सामर्थ्य, बोकेर छातीमा
र पनि कोडिका पाउ, मल्नु बेकार छ

छुट्टीन्छन् पताई ती नाङ्लाका बतासले
रहेका भए बियां, फल्नु बेकार छ

टिक्दैन झूट छिप्दैन, टालेको भन्छन्
आँफै'लाई आँफै सँग, छल्नु बेकार छ
--------------
(प्रयास मात्र)

Sunday, January 24, 2016

चुलेसीमा पाइला पर्छन्, मन आत्तिएको बेला

हे!हे!हे!

चुलेसीमा पाइला पर्छन्, मन आत्तिएको बेला
टाढै बस ए! बैगुनी हो, झन मात्तिएको बेला

बैराग लाग्छ यो दुनियाँ, औंशी पुर्णिमा एउटै
बेहोशीमा नै लर्खराएं, तन झांट्टिएको बेला

रमाउंदैनन् मयूर् डांफे, कोइली किन गाउँथ्यो
बाढि पहिरो भूस्खलन, बन काट्टिएको बेला

अैन्चोपैन्चो हुने भए म, सुख सँग दुख साट्थें
निस्ठुरी सँग एकातर्फी, दिल साट्टिएको बेला !!

चुलेसीमा पाइला पर्छन्, मन आत्तिएको बेला
टाढै बस ए! बैगुनी हो, झन मात्तिएको बेला

Saturday, January 23, 2016

आजका केही हाइकु

अाँधि तूफान
भूकम्प् अनि सुनामी
मन भित्र नै!

बाल भएन
बाहिरका आतंक
छातीमा बिस्फोट्!

कस्तो एेंठन
जिन्दगीले थिचेछ
दोसी सिरानी!

सुसुप्त भ्रुण
अभिलाषा बोक्छन
दुनियाँ बेग्लै !

के को आरक्ष
जमीन मिलोस् टेक्न  
त्यही काफी छ!

जाल जिन्दगीका

ए हजूर नसोध्नु,, हाल जिन्दगीका
कमजोर हुदैछन्,, पाल जिन्दगीका

पाक्लान् ढुङ्गा पत्थर, परन्तु आफ्नो त  
गल्दै नगल्ने झैँ भए,  दाल जिन्दगीका

चोला फेरिन्छ भन्छन्, पृथ्वी गोल अरे
फेर्नु पो पर्ने हो की, खाल जिन्दगीका

यता टाल्यो उता भ्वाङ्, जीवन यात्रामा
टार्नु पर्ने अझै छन्, गाल जिन्दगीका

ओगट्थ्यो यो आफन्त, दुनियाँ पोल्टोमा
समय माझिले लग्यो, जाल जिन्दगीका  !!!! 

Thursday, January 21, 2016

सेन्यु



दिंदैछु सेन्यु
यी शब्दका मालामा
मेरी उनलाई !

धुर्मैलो देखें
मस्यौरे बादल ति
आँखामा पानी !

घुङ्घट भए
सुस्तरी उठाउँथे
बादल पर्‍यो !

नरोएस् बाबै
त्यो दाग सम्झिएर
रोषनी आफ्नै !

भन्दिन पापी
औंशिका रातलाई
याद तिम्रै हो !


Wednesday, January 20, 2016

एक फजल

उनको त, चुरी फुरी अर्कै छ
मेरो मन्को, हावाहुरी अर्कै छ

निशानी खै, सोध्दिन अाइन्दा म
देखि सकें, हात्'मा चुरी अर्कै छ

नबोके नी, गोला बारुद् उनले
मुटु रेट्ने, चक्कु छुरी अर्कै छ

रित्तो बनें, प्रेमको भकारी भर्दै
हिजो भेट्दा, मानो मुरी अर्कै छ

सामिप्यमा, रमाउने काहानी
आजभोलि, हाम्रो दुरी अर्कै छ

काँचो मशान poem


६ माघ २०७२, बुधवार 
स्पेन 
घाटे बैध्यहरुको जुलुश देखिन्छ
एका बिहानै केन्द्रिय मसान घाटमा
ढुङ्गाले थिचेर हुन्छ कि हिर्काएर हुन्छ
"इति श्री" गर्नु पर्ने ख्याकलाई
ब्युंताउंदै छन्,
बरीस्ठे काँचो मशानहरु।
दुममा दम नभएका भुस्या कुकुरुहरु
मुख आँ गरेर बसेका छन् वरीपरी,
हैजाले पनि लान नसकेको
ख्याकको कै जय!जयकार गर्दैछन्
डुमहरु, हरिया बांस उचाल्दै।

अर्को जुलुश देखिन्छ
छद्म-भेषि मुर्कुट्टाहरुको,
औशरबादी मुर्कुट्टाहरु
आँफैले जिउंदै गाढेका
चिहान खोतल्नमा माहिर छन्,
बायु र प्रेतात्माको पूजारीहरु
धोती र लूङ्गी स्याहार्दै आईपुग्छन्
आफ्नो भाग खोज्दै।

भुताहा चौरमा मेला लाग्छ
जिउंदा भूतहरुको
आरक्षण र भाग खोज्न,
तिखा दाराहरु खियाउंदै,
घाट घाट जस्तो लाग्दैन
रात रात जस्तो लाग्दैन
टायर जलेका छन्
भेटिन्नन् पूर्ण अस्तू !

कथा यो होइन
प्रसँग अर्कै छ,
चिन्ता छ कि
कतै अलिकती पवित्र रहेको
प्यारो आर्य घाट अपवित्र नपारुन्
कथित घाटे बैध्यहरुले,

Tuesday, January 19, 2016

आफन्तका केही हाइकु/सेन्यू

आफन्तका केही हाइकु/सेन्यू

भिजेका सडक
धुम्म छ त्यो आकाश
उस्तै छ मन !

खिङ्रिङ्ग रुख
रित्ता छन बुट्यान
पापी हिउँद !

सिरानी भिजे
तुषारोका तप्काना
माघी परेला !

नआए हुन्छ
दिलका पाहुना नी
झझल्को मात्र !

जुगाड छैन
हरायो मानबता
के गर्ने भोलि !

Sunday, January 17, 2016

देख्दिन म सपना, दरबारको


देख्दिन म


देख्दिन म सपना, दरबारको
बिग्रीएका ति आफ्नै, घरबारको  ।।

सजाएं भो जिन्दगी, बाँच्न नजान्दा
पल्ला फुस्किए के अर्थ्, गजबारको ।।

भाग्दैछु अचानोका, चिराहरुमा
अफसोच् प्रहार् छल्न, तरबारको ।।

ईन्क्लाबका सैलाब, जती उठे नि
कस्ले गर्ने बिरोध् यहाँ, सरकारको ।।

किनाराले तर्साउंछ्, त्यसैले साथी
लेख्दिन म कबिता, मझधारको ।।


Sunday, January 3, 2016

ब्लडी ह्याङ्ग ओभर !

हेप्पी न्यु ईयर!!हेप्पी न्यु ईयर!!
कानमा गुन्जिरहेको छ
थोत्रा र पुराना
यथास्थितीबादका दस्ताबेजहरुले थिचेको छ छाती
क्यालेण्डरका अन्तिम पत्ता झुन्डिरहेको छ
किला पुरानै,
बोत्तल र रक्सिको कथा जस्तै
यही कबिता जस्तै थियो,, रह्यो पूरानो बर्ष
भाबभङ्गी र रष नमिलेको

कहाँ बाट सुरु भयो
अन्त्य कहाँ हुँदैछ
अत्तो पत्तो छैन
न कबिता को, न पूरानो बर्षको,,

हेप्पी न्यु ईयर!!
भेलीमा डुबेका पेटिकोटको रक्सिले
मातेको भोलिपल्ट झैं
टाउको गरूङ्गो भएको छ
भग्नाबेश भित्र पूरिएका
चाहना र सपनाले थिचेर,
अपाङ्ग देख्छु म यो दुनियाँ यो समाज
आफु जस्तै
तैपनि खोक्दै छ
हेप्पी न्यु ईयर!!

चिच्चाउन मन लाग्छ
चिथोर्न मन लाग्छ आँफैलाई
खोज्छु हेप्पी कतै देख्दिन,,
एल ओ सी मिचिएको देख्छु
सिमानामा नाङ्गो नाच देख्छु
दिल्लीका मदारीका बानरहरु
बानेश्वरमा चक्काजाममा बसेको देख्छु
उम्रन नपाउदै निमोठीएका
कानुन र संघियताका नरम बुट्यान देख्छु
तर कतै देख्दिन हेप्पी,

ए गाईमारा हो!
ए भाईमारा हो!
कता लैजाँदै छौ ?
हाम्रा हेप्पिहरु
हिप्पिहरुको देशमा??
कि दौरा च्यातेर
धोती बनाउनेको राजधानी तर्फ
धन्य छौ तिमीहरु
'जमरा' नचिन्नेलाई
एक्स मास ट्रीको फेदमा चियर्स्
छलाङ्ग त मारेकै रहेछौ नि,,
कस्तो बिसङ्गती हो यो,
बिद्वान किताब च्यात्दै छन्
मुर्ख 'बेद' खोल्दै छन्
कठै ति ब्रम्हछिटाहरु !!

ब्लडी ह्याङ्ग ओभर !!

३ जनवरी, २०१६
स्पेन



जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...