Thursday, April 30, 2020

न बनारस पुगेँ, न मथुरा साथी,

भिडमा पनि एक्लोपनले सताउँछ भने
यो जिन्दगीका के कुरा साथी,

बाँच्नु मात्रै त भयो आखिर जिन्दगी भने
सपना के पुरा, के अधुरा साथी?

जिन्दगी जिउने निहुँमा
जिन्दगीलाई नै हिसाब बनाएँ मैले 

जोडघटाऊका मात्रा मात्र बिस्थापित
न बनारस पुगेँ, न मथुरा साथी,

खै! के पायो, त्यो कहिल्यै नपिउनेले
कमसेकम मैले, नशा के हो थाहा पाएँ

बेहोशीमा के उज्याला, के मधुरा साथी
बेफिक्री चल्छन्, उन्मादका पाइलाहरु

एकनाश देख्छु हर, यादका मौषम पनि
के समथर यहाँ, के चुचुरा साथी

समयले नै रेट्छन्, जिन्दगीका गला भने
किन पो चाहियो? धारिला छुरा साथी

मजबुत टेकिन्थे सधैं, हर गोरेटामा खुट्टाहरु
किन हुँदैछन् आज, यी पाइला लुरा साथी 

गजल बिनायकको

बिनायक अधिकारी
अस्ट्रेलिया
सत्कार तब ढोकामा देखिन्छ, घडामा जल थपेपछि
स्वागतका पर्खाइमा बस्नु है, नयनमा चंचल थपेपछि ।।

त्यो चन्द्रमा हेरी टोलाउनुको, पनि छुट्टै मज्जा रहेछ
बाजा लिएर आउनेछु म, शिरमा मखमल थपेपछि ।।

लगन नजुर्ने भो एसपाली, आमाको पिर बैशाखमा
घर र छोरा उजेलिन्छन् रे, बुहारीको आगमनपछि ।।

अहो कस्तो होला त्यो रौनक, मायालु आभाशमा
बज्ने पाउजुमा खनखन चुराको, छलफल थपेपछि ।।

सुहागरातमा बलिरहेको बत्ति, त एक्लै मुस्कुरायो
बन्द कोठामा मधुर मधुर, चहलपहल थपिएपछि ।।


Wednesday, April 29, 2020

गजल १

सवालै सवाल छन् यहाँ, जवाफ छैनन्
शिंह'दरबारमा कोहिपनि, खराब छैनन्

कठै! के सुन्दो हो, बहिरो राजधानीले
भोको पेट त उफ्रिए, कुनै दबाब छैनन्

कसले बोल्ने? नुन तेलका सवाइ देशमा
महामहीमलाई शहरमा त, सराब छैनन्

दाउपेच सिकाउँछ, बालुवाटार आँफै पनि
सु-शान्ती छ देशमा केहीको, प्रभाव छैनन्

बेलाबेलामा झुल्किन्छ सरकार, क्यामराअघि 
भन्दैछ मात्र भोकमरी हजुर, अभाव छैनन् 

अहो! यो कस्तो नोस्टाल्जिक ??

बुद्ध गुरुङ्ग 
हेल्थ्पोस्ट चनौली 
चितवन 



बादलुको आँचल छली जब जून मुस्कुराउँदा

अहो! यो कस्तो नोस्टाल्जिक ??
आफ्नै जन्मघरको आङ्गनीमा
सबथोक थियो र पनि अभावमा रहेछु
सायद अनगिन्ती चाहनाको दवाबमा रहेछु।। 
 
मध्य बैशाख,
हिजोको बर्षाले सितल छ 
आकाश खुलेको छ
कतैकतै कपास जस्तै बादल देखिन्छन्
लगभग सुनसान छ गाउँ शहर
चराहरु बासबसी सके
र पनि मनमा
मिठा सूनामी चलेका छन् आज
आमाले हुर्काउनु भएको 
आँप र लिच्चीका रुखका बिचबाट
म जून चियाउँदै छु
अनि जूनले मलाई
एस्तो लाग्छ,
सिंङ्गो रात, परको जून अनि म
हामी एक अलौकिक वार्तालापमा छौं
रात आफ्नो गतिमा सुस्तरी सुस्ताउँदै छ 
समयको लामो अन्तरालमा,
म भने टोलाइरहेको छु,
बोलाइरहेको छु 
बादललाई छिचोल्दै निस्किएको जूनलाई
जूनकिरीको पछी दौडने मेरो बालपन
खोज्दैछु म आफ्नै बलेशी र आङ्गनीमा
हो 
म आज आफ्नै जन्म आङ्गनमा छु
देशको राजाधानी काठमाडौं हुँदै
जापान टोकियो पुगेका मेरा पाईलाहरु
आज आफ्नै जन्मघरमा रोकिएका छन्
बहाना त लकडाउन भएपनि
आज मन अतितका झैं मुस्कुराएको छ
दुनियाँ मृत्‍युका त्रासले खुम्चिएको बेला
म मेरो आफ्नो आङ्गनमा
पून: तङ्ग्रिएको छु
सोध्न मन लाग्छ जून सङ्ग
कतै भेट्यौ भने मेरा बालपन
लिएर आउ है मेरो आङ्गनीमा
खै?थाहा छैन आँफैलाई
मैले देखेका सुखका सपना भेटें कि भेटिन
तर आज छुट्टै आभाश सहित्
तिनै सपना भेटेको छु जून मैले
लगभग बिर्सिएको थिएँ।
टोकियोका रोपोङ्गीमा नभेटिएका खुशीहरु
साकुराका बोटमुनी नभेटिएका उन्मादहरु
आज आफ्नै आङ्गनीमा आत्मसाथ गरेको छु
लटरम्म फलेका लिच्ची र आँपका चिचिलाहरु सङ्गै,
निकै भावुक बनाएको छ आज मलाई
त्यो परको जून अनि यो जुनेली रातले
कति छिट्टै छोडिसके तीन पानेका मातले
किन कि त्यो कोदोको नारेपा भन्दा त 
भाँडाकुँडी खेलेको यादका नशा पो प्यारो भएको छ
कैयौं सपनाहरु पूरा भए मेरा
भौतिक सन्तुस्टिले उन्मुक्त हुने म
आज जून सङ्ग रमाएको छु,
आखिर केही त गुमाएको रहेछु मैले
एस्तो लाग्छ सिनेमाका पर्दाहरुमा जस्तै
यो रातमा मेरा आँखा वरपर नाचिरहेका छन् 
झनै मन अत्तालिएर आउंछ
कतिधेरै बालपनाहरु छोडेर गएको थिएँ 
कहाँ पुगे होलान् मेरा बालसखेहरु?

to add more creations

म चुप छु र त, तिमी बोल्दै छौ
मौनतामा किन, कहर घोल्दै छौ !
बन्द सन्दुकमा, मनका आबेगहरु
ब्यर्थका चाबी, घुसाई खोल्दै छौ !!
--------------------
सारा रात बेहोशीमा, निद बिहानीमा खर्च भो
दिन कवितामा, साँझ झुट कहानीमा खर्च भो
न मिल्छ हिसाब जिन्दगीको, न फर्स्योट साथी 
जति बचेको रहेछ त्यो सब, जवानीमा खर्च भो !!
.............................................
मनका बगानका गूलाबहरु 
ढकमक्क फक्रिएका बेला 
कस्तो हुन्थ्यो होला 
उनको आगमन? 
धेरै भयो खाली चुल्ठो राखेको पनि 
फूटेका गाला अनि सुकेका ओठ 
निकै तृषित छन् 
'गूलाब जल' प्रतिक्षित।। 
बलेशीं माथिको पूर्णेको जून हेर्दै 
प्रेमिल बातमा तीन प्रहर काट्ने चाहना 
  -----------------------------------------------------------------
न आगो न धुवाँ न त पानी भेटियो
केवल खाली खाली जवानी भेटियो

खण्डहरमा रात बिते, यी चिसा सपनी
न्याना निशा बिनाका, बिहानी भेटियो

डँडेलोको ब्यापार, पतझडको याममा
कसैले नबुझ्ने,आफ्नै, कहानी भेटियो


धेर थोर त चलेकै थियो, रुकावट थिएन जिन्दगीमा
हजुरबुवा भन्दै हुनुहुन्थ्यो, मिसावट थिएन जिन्दगीमा
धुलो मैलोमा हुर्किन्थ्यो सौन्दर्यता, न लालीका कवच
आजको जस्तो हिजोसम्म, बनावट थिएन जिन्दगीमा !!
------------------------------------
जे जे हुन्छन् यहाँ रातारात हुन्छन्
अङ्गालोमा नै धेरै अन्तरघात हुन्छन्
सत्ताको प्यास नमेटिने रहेछ कहिल्यै
त्यसैले त सरकार ढाल्ने बात हुन्छन्
बिर्सियौ जन हो? कुकुरका माझ हड्डी
हड्डीकालागि जिन्दाबाद मुर्दाबाद हुन्छन्
 किन कि यो नै राजनीति हो साथी
तबतब त महामहिम् बर्बाद हुन्छन्
--------------------

के शान्त बस्लान् र? सूनामी उठाउने सागर
किनारसम्म आई फर्कने, लहर जन्माएपछि 
हिजोआज न्युयोर्क र सिड्नीमा हाहाकार छ
देख्नु भयो नि बिज्ञानले, जहर जन्माएपछि
धमाधम स्खलित भए सुन्दर सपनाहरु यहाँ
असन्तुस्ट रहरहरुले नै, रहर जन्माएपछि


Thursday, April 23, 2020

पानी थिएँ र पो उसै घुलेर आएँ

lock-down creation
केही न केही त उतै भुलेर आएँ
कि हरेक पलहरु उसै झुलेर आएँ

न लाज राखेँ लुकाएर न सरम नै
भन्दैछन् यादहरुले धेरै खुलेर आएँ

हरेक साँझहरु मदहोशी थिए त्यहाँ 
गूलाबी रातमा हरगल्ली डुलेर आएँ

दिन्छौ सजायं भने भोग्न तयार छु
मायालुका बगानमा त फूलेर आएँ

कसैले थोरै कसैले धेरै पिए होलान्
पानी थिएँ र पो उसै घुलेर आएँ 

धन्य छौ आमा !

रुवाउँछ्यौ हसाउँछ्यौ, र आँफै रुँदै फकाउँछ्यौ
हल्लाउन्दै काखमा लिई, मिठा ममता जताउँछ्यौ ।। 

ममताकी खानी, त्यो आकाशभन्दा बिशाल मन
आँफै झुल्दै अनिदोले, हह झलुङोमा झुलाउँछ्यौ ।।

निन्द्रा सँगै प्रसब बेथा, कसरी भुल्यौ नि आमा?
आफु बसी भोकभोकै, दुधको धारा पिलाउँछ्यौ ।।

सृस्‍टि हौ धरती कोख, सम्भारकर्ता यस् जननीकै
लोरी सुनाइ कोखाइकोखाइ, बुबुमाम खुवाउँछ्यौ ।।

आज मात्र होइन आमा,हरेकपल तिम्रै आँचलमा 
माया को छायामा आमा, यो जिन्दगी भुलाउँछ्यौ।।  

Wednesday, April 22, 2020

जीवन फूल रहेछ

बिपना सुबेदी 
काठमाडौं नेपाल



जीवन कोमल फूल जस्तै त रहेछ

जब हातमा लिन्छु
स्पर्श गरिरहु जस्तो लाग्छ
चुल्ठोमा सजाउँदा
घरीघरी एेना हेरिरहुँ जस्तो लाग्छ
सिङ्गो बगैँचालाई अङ्गालोमा
बेरिरहुँ जस्तो लाग्छ
फूलेको बोट टाढैबाट
हेरिरहुँ जस्तो लाग्छ
साच्चै नै यो जीवन
यही फूल जस्तै लाग्छ
कोमल अनि सौन्दर्यले भरिपूर्ण                        
आखिर                                                                                                                                                        यो जीवन फूलका रङ्गहरुले सजिय जस्तै लाग्छ 
दु:खसुखका रङ्गहरु
उकाली ओरालीका सबनमहरुले सजिय जस्तै
दिक्दारी त केवल बहाना रहेछन् जीवनका
गूलाबका वरिपरी तिखा काँडाहरु जस्तै ।
निस्पात छन् फूलका पत्रहरु
मनका स्वपनिल रहरहरु जस्तै
नदिका सुन्दरता बगरहरु जस्तै
मन्दिरमा सजिए फूल ईश्वरको लागि
गलामा सजिए फूल आदरका लागि
आखिर जीवन अनि फूल
परिपुरक लाग्न थालेको छ
जीवन फूल रहेछ
अनि फूल जीवन रहेछ



Sunday, April 19, 2020

श्री'का केही कविताहरु

भगवानको शहरमा
सैतानका डेराअपाङ्ग सडक !!

निर्जिव भगवान
के थाहा ति पत्थरहरुलाई
जहाँं कालो भाले र बोकाको बली चढाइन्छ
कि उ आँफैमा भगवान बनिसकेको छ !
फूलको आँखामा फूलै संसार
सबै थोक निर्जिव नै लाग्ला
सायद हर निर्जिव पदार्थलाई
त्यसैले त यो सरकारले पनि
जिवलाई निर्जिव नै देख्छ !!
उचालेको कुकुरले मृग लखेट्दैन
बँधुवा सरकार
ब्वाँसा मन्त्रीहरु
छिमेकी स्याल !!
सम्रिद्धी नेपाल
जोगीको लुटेर माग्नेलाई पोस्यो
सम्मन्वय कर्ता मुस्कुरायो !!

Wednesday, April 15, 2020

गजल

नपरोस् सुन्न अब चोरलाई, चोरले नै गबाई बनाउने छन्
आराम गर बिज्ञान थोरै, बिरामीले नै दबाई बनाउने छन्!!

के दोश दिने खै यो मौषमलाई, जता हावा उतै पत्ता उँडे 
फूल्न छोडेर कपास के भो,ठण्डीले नै रजाई बनाउने छन्!! 

सत्य ब्यर्थै कोर्यो संघियताले, कैयौं धर्सा यही मानचित्रमा 
विश्वाश थियो सधैं अटल, हिमालले नै तराई बनाउने छन् !!

छाडिदिनुस् धाउन, पर्दैन नाईकोमा कैन्ची चलाऊन अब
छ भने थोरै कतै हजुरसङ्ग, ईमानले नै तपाईं बनाउने छन् !!

चाहिँदैनन् दुश्मन पनि, पर्दैनन् भो ती सिमानामा पर्खाल
भन्दिएको छु आज मैले, आफन्तले नै पराई बनाउने छन् !!

Tuesday, April 14, 2020

सुर्योदय र सुर्यास्त हेर्न खोज्छन्

मृत्‍युका खबरले आक्रान्त दुनियाँ
केहीक्षण राह्त खोज्न दौडन्छन्
घरका झ्याल खोलेर
सुर्योदय र सुर्यास्त हेर्न खोज्छन्
कतै न कतैबाट
सुस्तरी ल्याउने छन्
सुखद खबरहरु बतासले भनि   
फाटे हुन्थ्यो झैं हुन्छ
क्षितिज माथिका कालो बादल
छिट्टै फाटे पनि हुन्थ्यो झैं हुन्छ
बिहानी कुहिरो
किन कि
सुर्योदय र सुर्यास्त सङ्गै
लाखौं कामना जोडीएका हुन्छन्
कि हरेक पटक
बिहानीका लाली अनि साँझका सिन्दुरीले
सुखद खबर ल्याउनेछन् भनेर,
कति एक्लिए होलान्
धेरै नियास्रीए होलान्
उपत्याकाका चार भन्ज्याङ्गहरु पनि 
मनकामनाका केबलकारहरुमा खियापो लागिसके
मुग्लिनका कान्छाहरुले भात खान पाए कि पाएनन् होला
गोर्खा दरबार र मन्दिर बन्दै थिए
बाटुले चौरका गाईनेदाईहरुले
भोलिका दिनमा कस्तो बिरह पो सुनाउने हुन्

घरभित्र आस्थाका दिपहरु जलिरहेका हुन्छन्
विश्वाशका घडाहरु भरिएका हुन्छन्
कि अझै विश्वाश छ
हरेक मनका भगवानहरु प्रति 

Sunday, April 12, 2020

आज हार मनाऔं

कति जित मात्रै, आउ आज हार मनाऔं
सम्झियोस् यो दुनियाँनले, दम्दार मनाऔं

बहाना मिलेको छ, भोलिको 'नयाँं साल'
किनारामा मज्जा छैन त मझधार मनाऔं

लोभि पापी छ सरकार सिनो बन्दैछ देश
जनता बबुरो कठै! यहाँ धिक्कार मनाऔं

सिक्दैछ मान्छे ब्रम्हनाल सैयामा मुस्कुराउन
त्यसैले आर्यघाटमा, जय जय कार मनाऔं 

Saturday, April 11, 2020

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥

यताकाले भो नआईज,
उताकाले जा भन्छन्
सिमानामा बन्दी भयौं 
यो एस बि आई
जे छ त्यही खा भन्छन्
के गर्नु,
सरकार नै
झट्केलो परेछ कि कुन्नि?
हामीलाई सौतने बनायो
घर हाम्रो पारी परासी
बास भने नौतुना बनायो
जोगबनी बाट जोगिए
बिराटनगरले लखेट्छ
रक्सौलमा रिक्सा चढें
नेपाल गेटमा ओराल्छ
ए सरकार! लौन
स्वदेशको माटो सुँघ्न मन छ
बरु माटोको डल्लाले हिर्का।
महाकाली पारी
चाँदनी र दोधाराले समेत 
चिनेनेन् हामीलाई
महाकाली पूलमा ताल्चा ठोकेर
हामीलाई पारी नै रोकेर
कहिले सम्म बाचौंला र खै
यो खाली पेट बोकेर।। 
न हामीलाई
जहाज लिएर लिन आईज भनेका छौं
न डोलीको साइत बोकेर
मात्र चाह छ
मर्नै परे बरु महाकाली पारी नै मर्छौं
नमार भो हामीलाई यो दोधारमा
न पूर्वको कांगडा
न पश्चिमको टिस्टा
सायद, अब त
नालापानीले पनि बिर्सिएछ
हर कोही आज
ब्रिटिश इस्ट इन्डिया कम्पनी झैं लाग्न थालेको छ
वीर बलभद्रका सन्तती हामी 
आज महाकालीले रोकेको छ।
बिन्ती छ सरकार आज
मात्र एक आभास दे
कि हामी पनि जनता हौं
हाम्रो पनि देश छ
हाम्रो पनि सिमाना छ
हाम्रो पनि नागरिकता छ
सायद हाम्रो रेमिट्यान्स
थोरै भएर हो कि
हाम्रो हातमा हरिया राहदानी नभएर हो?
कहिले सम्म तेस्रो दर्जामा राख्छस? 

  

Wednesday, April 8, 2020

मृत्‍युका मात पिएको छु,

भन्दिन कि म पिउंदिन भनेर
कहिले खुशीले पिउंछु
कहिले दुखी भएर पिउंछु
कहिले छुस्स एकदुई पेग एक्लै पनि
प्राय:त म जमघट मै पिउंछु,
तर हिजोआजको कहानी बेग्लै छ
जसरी
त्रसित दुनियाँको जिन्दगी बेग्लै छ
दिनचर्या बेग्लै छन्
कोही देखाउन पिउंछन्
कोही लुकाउन पिउंछन्
तर
मेरो कहानी अझै बेग्लै छ
टेबल माथिको सिलप्याक बोत्तल हेर्दै
साँझहरु काटेको धेरै भयो
पिउने आँट नभएर होइन
जाङ्गर नभएर होइन
सोच्नु भयो होला
सितन नभएर हो कि
साकी नभएर हो कि ??
ति पनि होइनन्
किन कि मैले हिजोआज
सोमरस छाडेर भाईरस पिएको छु
तनाब पिएको छु
छटपटी पिएको छु
अनिदा सिङ्गो रात पिएको छु
मृत्‍युका मात पिएको छु,
मृत्‍युका मात?
अँ मृत्‍युका मात
न सितन चाहिन्छ
न साकी नै
असैह्य पिडासङ्ग चुस्की लिँदैछु
मृत्‍युका नशाहरु
चुलिरहेका मृत्‍युका शिलशिलाहरु
चर्किरहेका अहन्कारका पहाडहरु
छचल्किरहेका महामारीका सागरहरु
अनि त
कसरी रुचोस् मलाई
लेवल टांसिएका ब्रान्डेड रक्सिहरु
बिनै भेदभाव
आँखा वरिपरि नाचिरहेका छन्
मृत्‍युका खबरहरु
न रङ्गभेद न जातीभेद
न सिमानामा गोलाबारी
अखबार भरिएका छन्
मृत्‍युका खबरले
रेडियो थाकेका छैनन्
भनेर मृत्‍युका समाचारहरु
एस्तो लाग्छ यो नै नशा हो आज
मृत्‍युका नशा,
नचाहेरै पिईरहेको छु
भन्दिन म आज कि
सोसियल हुन पिएको छु ।।


Tuesday, April 7, 2020

बालुवाटार मै त राहत पुगेको छैन




सुन्छु म सरकार कै चाहत पुगेको छैन

भन्छन् बालुवाटार मै राहत पुगेको छैन

लर्खराउंदै बर्बराउंछ त्यै सत्ताको कुर्ची
होनि उसैलाई अझै तागत पुगेको छैन

के भेट्लान् र ती प्रदेशका महामहीमले
बिकेन्द्रीकरणमा नै कागत पुगेको छैन

भोक र आर्तनादले आक्रान्त छन् बस्ती
बस्तिमा पुग्नु'पर्ने खै लागत पुगेको छैन 

के दोश दिनु र सधैं सरकारलाई मात्रै
दयाधर्म दान हामीमा अझै आदत पुगेको छैन






सुनी दिने कस्ले

धागोको डल्लो जस्तै छन् ब्यथा बुनी दिने कस्ले
कुरुश र खाप्सियोमा एक मात्र चुनी दिने कस्ले?

निभेका चिता सायद खुशीछन् घाटहरु पनि आज
जिन्दगी धुवाँ धुवाँ भन्छन् यहाँ धुनी दिने कसले

भोट दिई पठाएको त्यो मेरोमान्छे सरकारमा गयो 
सुन्दैन 'प्रदेश' त्यो सरकारलाई भनी दिने कसले

हर'कोही लेख्छन् हिजोआज आफ्नै आत्म-ब्रितान्त
म जस्तै फिराक लिएर आउनेको सुनी दिने कस्ले     

पूराना किताबहरु short film concept

खोज्दै थिएं म आज आफ्नै जिन्दगीका मुखपृष्‍ठहरु
कि कतै कसैले लेखिदिएका छन् कि भनि
पूराना किताबले भरिएका तिस पाथे चोकरका बोराहरुमा
जहाँं भेटिए केवल
भौतिक जीवनमा कहिल्यै काम नलाग्ने
परन्तु टुप्पी कसेर पढाईएका
बिज्ञान, गणित अनि अर्थशास्त्रका ठेलिहरु
अरे वाह
अनुरुप कोणहरु
समानान्तर रेखाहरु
पाइथोगोरस सिद्धान्त
साइन ठिटा
एक्सका मानहरु
उपयोगीताका ह्रास नियम
मार्क्स र मार्शलका परिभाषा
के के हुन् के के
अझै पूराना थैलाहरु खन्याउंदै जान्छु
भेटिन्छन्
केही च्यात्तिएका, किराले खाएका
अग्नि-दिक्षा, देवाशुर सँघ्राम
गोर्किको आमा,
कोइरालाका तीन घुम्ती र शुम्निमा
केही बुवाले खरिद गर्नुभएको थियो भने
केही मैले वल्लो घर पल्लो घर अंकलहरुको बाट
नढांटी भन्दा चोरेका किताबहरु,
थाहा छैनन् आज किन अटेनन्
यी पुराना किताबहरु
नयाँ घरका दराजहरुमा?
प्रसङ्ग फरक भएछ,
टक्टक्याउंछु
आमाले पञ्चायत कालमा लुकाउनुभएका
पुराना ढड्डिहरु जहाँ
कांग्रेसिहरुकै उपस्थिती लेखिएका थिए
रातारात हुनेगरेका पंचायति ब्यबस्था बिरुद्धका बैठकहरु 
फेरी प्रसङ्गले बाटो बिराएछ
किन कि आज म खोज्दैथिएं
आफ्नै जिन्दगीका दस्ताबेजहरु,
जो कहिल्यै लेखिएकै छैनन्
झल्यांस्स हुन्छु
केही पूराना किताबहरु त म आँफैले
पूराना कागज खाली शिशी भन्दै आउने
'मधिसे'लाई बेचेको थिएं
भिडियो हेर्न, चनाचटपट र बरफ् खान,
फेरी अर्को च्यातिएको सानो किताब भेट्छु
गौरी शंकर गुटिका
पेज न ८६ अझै कन्ठस्ठ छ
जहाँ लेखिएको थियो मेरो
गायत्री मन्त्र।
अहो कती प्यारो थियो
यो किताब यो गुटिका।।
मनमनै दोश
यो आधुनिकतालाई पनि दिन्छु एति बेला।

गजल:भाईरस बनि पसे हुन्थ्यो

सधैं किन हतार सानु, छेउ मै आई बसेहुन्थ्यो
यो छातीमा पिरतीका, तिखा काँडा डसेहुन्थ्यो!!

कतिधाउँ म लेकबेशी, जुनि बित्यो पछिलाग्दा
विश्वाश गरी मायालुले, पटुकी त्यो कसेहुन्थ्यो !!

घमण्डको पहाड चढ्यौ, सुन्दरताको नदी तरी
आउनु पर्ने हो सतहमै, शिखर बाट खसेहुन्थ्यो !!

मर्थेँ बरु तिम्रैकाखमा, अमृत भनि बिष: देउ 
हैन भने धारिला सब, चक्कु छुरी धसे हुन्थ्यो !!

यसै रोगी उसै रोगी, दिर्घ रोगी बनाई सक्यौ
नजर हुँदै मनमुटुमा, भाईरस बनि पसे हुन्थ्यो !!

- श्रीभक्त पौडेल 'आफन्त'
 स्पेन

Monday, April 6, 2020

मृत्‍युका शिलशीलाहरु


 कविता

साँझ ८ बजे
थपडी, सिट्टी र पटकाको आवाज सङ्गै 
दिवा तन्द्राहरु ब्युझिंन थाल्छन्
सुनेको हुन्छु
शहर लकडाउनमा तङ्रिन खोज्दैछ
मृत्‍युले थिचिएको शहर हिजोआज
सुनसान गल्लिहरु
एम्बुलेन्सका साइरनले सडकहरु
सुस्ताउन पाएका छैनन्।
आकाश खुलेको छ
सागर शान्त छ
पहाडहरु शरदका रङ्गहरु पखाल्दै छन्।
यो त्यही शहर हो
जहाँका हस्पिटलहरु
मृत्‍युका तथ्यांक निकाल्न ब्यस्त छन् ।
एति लेख्दासम्म मेरा औंलाहरु कामिरहेका छन्
म एस्तो शहरमा छु
कि जहाँँ मृत्‍यु मृत्‍यु हैनन्
महोत्सब हुन्।
रोकिएकै छैनन्
मृत्‍युका शिलशीलाहरु 
बन्द कोठामा क्यान्डल बालेर
भगवान सम्झनु बाहेक केही गर्न सक्दिन म।
हरेक न्युज पोर्टलहरु हानथाप गरिरहेका छन्
कसले छिटो मृत्‍युको तथ्यांक प्रेसित गर्न भनि
कल्पना सम्म गर्न सक्दिन म
कि कस्तो होलान् ति लाशका पहाडहरु?
जमिन पुगेका छैनन् लासहरुको लागि 
बिद्धुतिय सब गृहमा पालो पर्खाईमा छन्   
अझै हज्जारौं लाशहरु ।
धन्न छन् सेता पोशाकका जिवित भगवानहरु
नमन गर्छु सबैलाई
उनै हुन् नायकहरु
लडिरहेका छन् यस मृत्‍यु बिरुद्ध।
सोच्छु कति कठिन भएको होला
एक मुठी प्राण जान
कति ज्याद्रो होलान् ति मृत्‍युहरु
तड्पाई तड्पाई लुछिरहेका छन्
जिवित जीवनहरु।
आफ्नै छाती छाम्छु
घाँटी छाम्छु
निधार छाम्छु
धन्न म त जिवित नै रहेछु।
फेरी अनलाईन न्युज पोर्टलमा आँखा पुर्याउंछु
मृत्‍युका ग्राफिक उकालो चढिरहेकै छ ।
अहो कस्तो मृत्‍युका शिलशीलाहरु?
म मेरा भगवान सम्झन्छु
जिसज क्राइस्ट सम्झन्छु
मुहम्मद अल्लाह सम्झन्छु
अनि सात समुन्द्रपारीका
मेरा आफन्त सम्झन्छु
फेरी सम्झन्छु म मेरो
यही शहर।
छिटोछिटो तेल सकिन लागेको दियोमा 
तेल थप्छु
अर्को एक क्यान्डल बाल्छु
आँखा चिम्लिएर दुई हात जोड्छु
कि रोकियोस यी मृत्‍युका शिलशीलाहरु ।।
- श्रीभक्त पौडेल "आफन्त"
सान सेबास्टियन, पाइसभास्को
राज्य गिबुज्कोआ

ं एति लेख्दा सम्म स्पेनमा कोरोनाको महामारीमा ज्यान गुमाउनेको सन्ख्या १३०५५ पुगेको जानकारी गराउँछु ।


 poem sent to साझापोस्ट डट कम

आस्थाका दिप


धार्मिक विश्वाश
अनि आस्थाले पनि
चाहे तोरीका तेलमा भिजेका
कपासका बत्ति हुन्
चाहे मममा छिराएका मैन बत्ती
नै किन नहोस्।
असत्य र नकारात्मक बेदनाहरुलाई सदैब भगाई रहन्छन्
यी जलीरहेका दिपहरुले ।।
जब जल्छन् दिपहरु
अन्धकार मात्र हैन दुनियाँको
मनको अन्धकार पनि हट्छ
निराकार निरन्जन
लाखौं दिप बल्नै पर्छ
नकरात्मक सोच बिरुद्ध
करोडौं दिप जल्नै पर्छ
मस्जिद र गिर्जाघरमा पनि
विश्वाशका दिप
आस्थाका दिप
भरोशाका दिप
मनोक्रान्तिका लागि
मनोशान्तिका लागि
अखण्ड दिप जल्नै पर्छ
निभ्न दिनु नै हुँदैन
हामीले कहिल्यै
यी हाम्रा दीपहरु
जो अनन्त कालदेखि बलिरहेका छन्
बिहानी पूजाका हुन् या
साँझ आरतीका
बलिरहन दिऔं
सक्छौं भने कपासका
नभए मम बत्तिहरु
जलिरहन दिऔं ।।
जलिरहन दिऔं ।।

Saturday, April 4, 2020

जीवनका सौन्दर्य बोधहरु

कस्तो बोध यो?
जीवन प्रतिको मोह
जिन्दगी प्रतिको चाह
सुन्नै चाहन्न म हिजोआज
मृत्‍युका खबरहरु,
सिङ्गो संसार शोक मनाई रहँदा
म खोतल्न थाल्दछु
केवल आफ्नै जीवनका
जिजिविशाहरु मात्र
मस्तिस्कमा छिराउन खोज्छु
बग्रेल्ती लेखिएका जीवन दर्शनहरु
बुझ्न् खोज्छु बलजफ्ती
आखिर के हो
जीवन अनि जिन्दगी भनेर
माया के हो भनेर
मोह के हो भनेर
बिस्फोट हुन खोज्छन्
आँफै भित्रका गुम्स्याईहरु
अतित बर्तमान र भबिश्यका
भैपरि पारी आउने भवितब्यहरु
एस्तो लाग्छ म पागल भएको छु
जीवन अर्थ खोज्दा खोज्दै
नितान्त 'अजिब गरीब' सवालहरु
अनि जवाफ आँफै दिन्छु
सन्तुस्ट हुँदै हुन्न म
आफ्नै जवाफहरु सङ्ग।
किन कि म सौन्दर्य मात्र खोज्दैछु
यो संसारको, यो दुनियाँको
हैन। 
मात्र म अनि मेरो जीवनको
जानी नजानी लम्ब्याईएका कविताहरु जस्तै
म जीवनको सौन्दर्य खोज्दैछु
म त्यती साह्रै कुटिल त छैन
कि म बुझ्न् सकुँ
जीवनका सौन्दर्य बोधहरु। 
आखिर हावा चलेकै छ
जुन घाम उदाइ रहेका छन्
ताराहरु झिलमिलाई रहेका छन्
हरेक चिजहरुमा बस्तुहरुमा रङ्ग देख्छु
फूलका रङ्गहरुमा हराएको हुन्छु
जे छन् वरपर
जे भेट्छु वरपर
सबै जीवन्त नै पाउँछु
भने, म किन आँफैलाई बोझ थुपार्दै छु
कि जिन्दगीलाई बुझ भनेर
जिन्दगी आँफै जीवन्त छ
जीवन्त नै जिन्दगी छ
हर बस्तुमा सौन्दर्यता भेट्छु भने
किन भन्न् सक्दिन म आफु आँफैलाई
कि म पनि एक दार्शनिक हुँँ भनेर
जति मैले बुझेको छु
आफ्नो जिन्दगीको बारेमा
जति म लेख्न र बताउन सक्छु
आफ्नै जीवनको बारेमा
अरु कसैले सक्छ?
कति सजिलै भन्न सक्छु म
म मृत्‍यु सङ्ग त्रसित छु
मलाई मर्नु छैन
एही नै हो मेरो बुझाई
यही नै हो मेरो बोध आजको
जीवन मोहको
प्राप्तिको
अनि सौन्दर्यको।।

नजरबन्द

नजरबन्द
------=//
थोरै मानवता
धेरै सतर्कता
बलियो ऎकबध्यता
जिन्दगी न हो
सबैलाई प्यारो लाग्छ
मृत्यु एक शाश्वत सत्य नै किन नहोस्
र पनि मान्छे
मृत्यु सङ्ग डराउने नै रहेछ।
हो त्यही डरको बिगबिगी छ दुनियाँमा
डर हो असहज मृत्युहरुको
काल पल्किसकेको छ
बुढी मरिसकेकी छ।
लक्षमण रेखा नाघिसकेको छ
अदृश्य कालले
मान्नै पर्नेछ केही कुराहरु
यो कालका पनि
रङ्गभेदको अन्त्य भएको छ
शक्तिसम्पन्नहरु निरीह बनेका छन्
बिज्ञान थाकेको छ ।
एटमका अणुहरु निस्कृय बनेका छन्
एटमको पिरो धुवाँ बिना नै
विश्व युद्ध छेडिएको छ
बादी अदृश्य शक्ति
प्रतिबादी सिङ्गो मानवजाती
न कुरुक्षेत्र
न हिरोशिमा न नागासाकी
युद्ध सोचेको भन्दा छिटो चल्दैछ
न आकाश बाट क्षेप्यास्त्र छोडेका छन्
न जमिन मुनिबाट मिसायल नै
र पनि मृत्यु बढेका बढेयै छ्न्।
र पनि अझै मान्छे निकै आतुर छन्
सुनका कटेरा जोड्न
सायद हिरा जडित कछाड सिलाउन
लोभले छोडेको छैन
सरकार ओछ्यान परेको बेला
प्रजा र रैती नजर बन्दमा छन् ।।
#Covid19 stay safe
By:Kalpana Kalpana Paudel Acharya

Thursday, April 2, 2020

तर्कना

युद्ध जितेको दिन आजको
अहो फेरि उहि तर्कना
थाहा छैन सपना कस्ता आउने हुन्,
रातले त आफ्नो धर्म नछोडी
अँध्यारो छोडेर गयो मझेरीमा,
रात छिप्पिदै छ
रातको १२:३० पनि भैसकेछ
शहरमा कहर छ
र पनि मौनता छाएको छ।
एक अर्को भयानक रात
त्यो भन्दा भयानक बिहान हुनेछन्
जहाँ मृत्युका अप्डेट माथी चर्चा हुनेछन्
अहो कस्तो तर्कना ??
छाती माथी दुई हात राखी जप्छु
हे भगवान !कसैलाई केही नहोस्
नपरोस् पढ्न अनि सुन्न
मृत्युका आर्तनादहरु भोलि
बिज्ञानको बिजय सुन्न पाइयोस
होमो प्याथियोलोजिको सफलता सुन्न पाइयोस
अनि सुन्न पाइयोस
रोकिए दुनियाँबाट आज मृत्युका यात्रा पनि।
अनि बिश्वाश लिन्छु
कि यी मेरा तर्कनाहरु
सत्य होउन्
साचो होउन् ।

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...