Friday, March 14, 2014

फाल्गुण पुर्णिमा को शुभकामना


Taken from buwa´s facebook status
फाल्गुण पुर्णिमा को शुभकामना 

टप टप टिपी रङ, ईन्द्र धनुशको आउ खेलौ फागु 
सब घर बिर्सी ईर्श्या मोह मनुशको आउ खेलौ फागु
मेघ बर्षा सब टरी गए हेर , शुक्लपक्ष फाल्गुणमा
बैरी भाब नलीई रती मनमा, रशको आउ खेलौ फागु

सिकौ बाडौ आत्मियता अङ्गालोमा साट्दै रङ्गहरु यीनै
माधुर्य शिर्शिर बसन्त बिहानी पखको आउ खेलौ फागु
जात धर्म बर्ग सब छाडी हातमा लिएर रङ्ग होलिको
फाटी कुहिरो यो जग उज्यालो बखको आउ खेलौ फागु

बस्त्र शिर सब सिन्च तिनै रङ्गले हेरेर दङ्ग होलीको
एक एक रङ दल ललाटमा, भाङ बाडेर प्रसाद होलीको
साँझ दहन होलिका चौरमा, सोर्ही घसेटा तिल तोरिका
बेला यही ईस्ट कमाउने,सफा चित्त फ्याकेर फोहोरिका

Thursday, March 13, 2014

गजल



धर्ती कोरी मोती छरे, म नै दलित अरे
ढुङ्गा फोरी ज्योति छरे म नै दलित अरे

तिम्ले फेर्ने मैले फेर्ने, गाउको हावा एउटै
लग्दा चोरी आफु मरे, म नै दलित अरे

न त अक्षर चिने मैले, न त ज्ञानै पाए
फाडी खोरी गास भरे, म नै दलित अरे

विश्वाश छैन हजुर लाई चितौने नै हुँ म
तिमी गोरी  काले परे, म नै दलित अरे

अधिकार खै त मलाई शिक्षा सामन्ती कै
बाच्छु मोरी खैत बरै, म नै दलित अरे



गजल निमन्त्रणा ..

निमन्त्रणा !!!

घुलौन, रङगोली मा आउ हात दिदैछु म 
डुलौन, यो होलिमा आउ साथ दिदैछु म

भुलौन आज केहीबेर फाल्गुन मधुमाशमा
फुलै फुलको डोलिमा आउ रात दिदैछु म

फुलौन बषन्त बगानमा, बेली तुलिप झै
माधुर्य त्यो बोलिमा आउ बात दिदैछु म

झुलौन बाल सखी जस्तै झुली लहराहरुमा
फुलबुट्टे त्यो चोलिमा आउ पात दिदैछु म

उडौन माथि माथि गगनमा खुलेर चरी झै
स्वागत छ खोलिमा आउ, साथ दिदैछु म
;::,:;.;.;.
श्रीभक्त पौडेल ¨आफन्त¨
२०७० फाल्गुन २९ बिहीवार
प रामपुर चितवन
हाल स्पेन

Wednesday, March 12, 2014

गीत

टिप्न पाए यो जुन आज जुनकै गीत गाउथे 
भेट्न पाए यो जुन आज जुनकै मित लाउथे 

फाटे पनि हुन्थ्यो बादल बतासैले लगे हुन्थ्यो 
भेट्न पाए यो जुन आज, जुनकै प्रित लाउथे 

सधैं हेरी टोलाउने जुन बोलाउन नजिक आज  
भेट्न पाए यो जुन आज जुनकै टिका लाउथे 

मेट्न पाए दुरी उस्को मेरो, हत्केलामा राख्थे 
भेट्न पाए यो जुन आज, जुनकै गीत गाउथे


गजल

अतित भनेर भएन साथी बिर्सन धौ भो
महिना गनेर भएन साथी बिर्सन धौ भो

याद भन्ने यस्तै रैछ तड्पाउन नै आउने
खाडल खनेर भएन साथी बिर्सन धौ भो

तस्बिर चिठ्ठी च्याते मनमा रह्यौ आखिर
देह यो जलेर भएन साथी बिर्सन धौ भो

कस्तो खोटो चिप्काइ दियौ उप्काउन गार्हो
नाटक गरेर भएन साथी, बिर्सन धौ भो

तिम्रै आफन्त तिम्रै श्री तिम्रै भक्त थिए
तीदिन सम्झेर भएन साथी बिर्सन धौ भो

Tuesday, March 11, 2014

गजल

सजिलो छैन बाँच्न एक घर चाहिन्छ
धुरी खाम्बो गाडेर  एक भर चाहिन्छ

बर्षा हुरी धुप जिन्दगीका यीनै पाटाहरु
छानो छाउन भारी  एक खर चाहिन्छ

ढुङ्गा माटोको गार्हो लिप पोत गरेपनी
हर ढाक्न भने´नी, एक धर चाहिन्छ

पापी पेटले हान्छ लात हातमुख जोर्न
करेशा अघिल्तिर, एक धर चाहिन्छ

बेबारिशे र बतासे भनेको चित्त बुझ्दैन
त्यसैले यहाँ बाँच्न, एक थर चाहिन्छ

धर - कपडा
धर - जमिन

Sunday, March 9, 2014

गजल

माया को शहरमा मायाकै नलगाउ धाक 
छाया को शरणमा छायाकै नलगाउ धाक

कसले´पो चिनेको छैनर आज तिमीलाई 
बगल मै छु तिम्रो दाँयाकै नलगाउ धाक

रवाफ फरक छन् , जवाफ फरक छन् 
परछैन म तिम्रो सायाकै नलगाउ धाक

हिजो कहाँ थियौ आफ्नो धरातल बिर्सिएर 
सुन सजिलै आफ्नै मायाकै नलगाउ धाक

पारदर्शी छ यो दुनियाँ चुकुल लाए पनि 
अन्जान तिमी दाँयाबाँयाकै नलगाउ धाक

२०७० फाल्गुन २५ आईतवार, 
स्पेन 


Monday, March 3, 2014

गीत

गीत

तिम्रो रुपको बयानमा कलम मेरो दौडिरहेछ
त्यही गजलमा सपना मेरा संसँगै पौडिरहेछ

रुप रङ मुहार मेरो नहेर लाज लागि रहेछ
त्यही लाजले आज सारा संसार जली रहेछ

जल्नदेउ न जल्नेहरु तिमी मेरी मनकी रानी
मनको राज दरबार तिम्रोनै लागि सजी रहेछ

अं मिठो फटाहा बोलने नदेखाउ न सपनाहरु
अन्जान यो दिल किन हो अल्ली डराइ रहेछ

बाचा खान्छु तिम्रो शिरको कसम भाकी रहेछु
त्यही कसममा सपना सबै संसँगै सजाइ रहेछु  

Sunday, March 2, 2014

बेइमानी श्री

बेइमानी श्री

मध्यान्ह आकाशको बादल बेइमानी
सुन्दर ती मुहारको गाजल बेइमानी 

शहरमा अती राम्रा चरी बेइमानी
चरिलाई भिजाएको झरी बेइमानी

शहरीया श्रींगारकै रङ्ग बेइमानी
भिज्दा रंगहरुमा अङ्ग बेइमानी

बैशालु जोवनको तन नै बेइमानी
बेइमानी¨श्री¨को मन नै बेइमानी

हैसियत : गजल



हजुरहरुको माहोलमा के हैसियत देखाउं म
गरीबहरुको महलमा के कैफियत देखाउं म

अनिस्ट हुन्छ भन्छन मैले बाटो काट्दाखेरी
घनिस्टत कोही छैनन के खैरियत देखाउं म

हस हजुर भैहाल्छ नि आफ्नो त बानी यस्तै
धोका धडी सङ्गोलमा, के नशियत देखाउं म

बोल्नेको पिठो.... नबोल्नेको चामल भन्छन
यस्तै छ कोलाहल यहाँ के मशियत देखाउं म

खुला आकाश छानो मेरो शब्दै ¨श्रीका¨संसार
लालपुर्जा र घर धुरिको,के बशियत देखाउं म

Sunday, February 23, 2014

गजल



नयाँ कोही आए जस्तो कुकुर भुकेका छन 
टन्न केही खाए जस्तो कुकुर फुकेका छन 

भन्छन भुक्ने कुकुरले टोक्दैन आजकाल 
साहु अर्कै पाए जस्तो कुकुर झुकेका छन 

टाङ्मुनी पुच्छर सधैं छिमेकी नै ताक्छन  
छिमेकी मै धाए जस्तो कुकुर ढुकेका छन 

जती मुइ खाएपनि आखिर काम नै भुक्ने 
बफादारी हराए जस्तो कुकुर लुकेका छन 

चोर लखेट्ने त्यस्तै एउटा चरो मार्या हैन
आँफै सँग डराए जस्तो कुकुर चुकेका छन 

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...