हजुरहरुको माहोलमा
के हैसियत देखाउं म
गरीबहरुको महलमा
के कैफियत देखाउं म
अनिस्ट हुन्छ
भन्छन मैले बाटो काट्दाखेरी
घनिस्टत कोही
छैनन के खैरियत देखाउं म
हस हजुर भैहाल्छ
नि आफ्नो त बानी यस्तै
धोका धडी सङ्गोलमा,
के नशियत देखाउं म
बोल्नेको पिठो....
नबोल्नेको चामल भन्छन
यस्तै छ कोलाहल
यहाँ के मशियत देखाउं म
खुला आकाश छानो
मेरो शब्दै ¨श्रीका¨संसार
लालपुर्जा र
घर धुरिको,के बशियत देखाउं म
No comments:
Post a Comment