Thursday, March 27, 2014

पर्दैन अब भो !

पर्दैन अब भो !

ईशारा मा पारी बोलिले मार्यौ
पर्दैन अब भो गोली चलाऊन
मातको रापले भष्म नै पार्यौ
पर्दैन अब भो आगो जलाउन

नजरको तिरले घायल बनायौ
पर्दैन अब भो पायल बजाउन
टिका तिम्रो काफी छ श्रीङ्गार
पर्दैन अब भो मुहार सजाउन

परेली भित्र अब सुटुक्क राख
पर्दैन अब भो हुकुम कजाउन
तिम्रो नै केबल भैसक्यो¨श्री¨
पर्दैन अब भो मैसँग लजाउन 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...