Friday, March 28, 2014

गजल गुनासो

गजल गुनासो

उता शहर तिर गरीबको सरकार बन्यो भन्छन
चुलो हाम्रो रित्तो हेर्नुस् सरकार बन्यो भन्छन

यती पर्सेन्ट उती पर्सेन्ट छुट्याए खैयहाँ हजुर
गिठा भ्याकुर नुन छैन सरकार बन्यो भन्छन

माथि माथि हवै जाज मा, उड्छन अरे मन्त्री
हाम्लाई भेट्ने कहिले? सरकार बन्यो भन्छन

मिठो हाम्लाई चाह्या छैन, पिठो पाए हुन्थ्यो
गरीब लाई पिठो बाढ्ने सरकार बन्यो भन्छन

जेठो मारे छिमेकि ले, माहिलो मर्यो साउदीमा
क्षतीपुर्ती कानुन बनाउने सरकार बन्यो भन्छन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...