Tuesday, March 25, 2014

तांका , हाइकु सिक्दै

१ 
मोहले मार्यो 
नजरले बाधेर 
मायाको गीत 
२ 
धन देखेर 
मन कुमारी आई
ज्यानै फालेर 
३ 
ऋण काटेर 
पि आर पर्खाइमा 
स्वदेश माया 
धुवा नै धुवा 
के जलेछ खै आज 
साथी हरायो 
हाइकु सिक्दै 
रिसानी माफ है त 
केबल पाच 

तांका
१ 
जमाना यस्तै 
जल्नेहरु जले त 
पिर नमान 
भिजेको रुमाल नि 
किन दिने अब त 
२ 
सिमाना कोर 
पर्खाल ठड्याउ 
बोल्दिन भनी 
चियाएर नहेर 
भनेको मान तिमी 


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...