Thursday, March 27, 2014

कबिता - नाटक

नाटक

बिस्तारै पर्दा उधारिन्छ
मुक दर्शक डराउछन
यद्द्यपी थाहा थियो
आजको नाटक,नितान्त बेग्लै
आधुनिक ईतिहासको अनी
यो नाटक घरको अन्तिम,
त्यसैले त पर्दा उघारिदैन उधारिदै छ
धरर्

पहिलो सुत्राधारको प्रबेश
फुर्तिलो शरीर घोप्टे जुङ्गा
सुटबुटमा ठाटिएर
निश्चित रुपमा
¨यो नाटक घर फुटाउन पर्छ
सबैलाई बाढ्नु पर्छ यो भत्काएर
अनी सबैलाई पुग्ने एक एक
नयाँ नाटक घर बनाउनुपर्छ¨
भन्दै अद्रिस्य हुन्छ

दोश्रो सुत्राधार पात्रको प्रबेश
दार्ही कपाल सेतै फुलेका
हिउको थुप्रो टाउकोमा बोके जस्तै
शिथिल रोगी शरीर
¨होइन, यो नाटकघर भत्काउनु हुँदैन¨
नबुझिने थोते पाराले फतफताउदै
उ पनि अद्रिश्य हुन्छ
.......

तेस्रो चौथो पाँचौ छैठो ...
अन्य कति हुन कती
सुत्राधारहरु प्रबेश गर्छन्
आफ्नो बन्दुक तेर्साउछन
मागहरु बुलन्दी पार्छन
यो पर्दा मेरो त्यो झ्याल मेरो
क्षत बिक्षत पार्छन
सिङो नाटक घर
स्यालुट मार्छन बुट बजारछन
¨सिङो नाटक घर फुटाउनै पर्छ
टुक्र्याउनै पर्छ¨
भन्दै अद्रिश्य हुन्छन।

तर तर
मुक निरिह दर्शक
नाटक सकिएको हो
कि अझै बाँकी छ
थाहा नै पाउदैनन

नेपथ्यमा

बिगुल फुकिन्छ
जितको होकी हारको
अनबिज्ञ सबै,के भयो के हुँदैछ
एक्कासी एक्कासी अनायस
नाटक घरभित्र
धुवा बारुद र आगोका
लप्काहरु देखिन थाल्छन
दर्शकहरु निसासिन्छन अतालिन्छन
केही त बेहोश हुन्छन
केही त्यहा बाट भाग्दै
उही नेपथ्यको उल्लाहास मनाउन पुग्छन
बिस्तारै बिस्तारै
पुराना पात्रहरु गायब हुन्छन
वही नितान्तै बेग्लै अनुहारहरु देखा पर्छन
कहिल्यै नदेखिएका झन्डाहरु गाड्न थाल्छन
नबुझिने भाषामा गीत गाउछन (रास्ट्रिय गान लाग्ने)
ति अपरचित अनुहारहरु
गाउछन रमाउछन नाच्छन।
तर
अघिका केही बाचेँका  दर्शकहरु
पानी पानी बचाउ बचाउ भनी
बेहोशिमा चिच्याइ रहेका छन
तर नयाँ सुत्राधारहरु
त्यहा (दर्शक भएतिर)झन गोली बर्षाउन थाल्छन
केही बेरमा ¨मुर्दा शान्ति¨को आभास मिल्छ

जहाँ पहिलेका सुत्राधारहरुको
ठुलठुला तस्बिर टागिन्छन
फुलको हारमा सजिएको
अब अर्को नाटक
कहिले,के कुन दिनमा मन्चन हुने हो ?
अनबिज्ञ छु म
अनी अनबिज्ञ नै छौ
हामी सारा निरिह दर्शक
आज भोलिका दर्शक
।।।।तथास्तु

२०७० माघ १६
स्पेन
















No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...