Sunday, March 30, 2014

२ मुक्तक /३ शेर +



मधुमासको पवन आज रुखा रुखा लागिराछ
शहबासको हवन आज सुखा सुखा लागिराछ
बैन्शको उन्मात आज निख्रिएछ कि कुन्नी
लीलारासको दवन आज दुखा दुखा लागिराछ

धेरै भए गजल लेखन, एक गायक जरुरी छ
बढ्दैछन खलनायक उ, एक नायक जरुरी छ
धेरै बगे रगतका खोलाहरु शहिद सपुतका हिजो
लारे लुङ्रे होइन देशमा, एक लायक जरुरी छ
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
३ शेर

जिन्दगीको मध्यान्हमा चोर पस्यो दिलमा भन्छन
दिन दहाड सधैं कस्तो चोर पस्यो दिलमा भन्छन

ढोका चुकुल लगाएर लौन घर भित्रै नै लुक्दा पनि
चाबी चुकुल सबै सस्तो चोर पस्यो दिलमा भन्छन

हार गुहार किन लाउथे , वारी पारी हास्छन भन्दै
बेमानी सुलसुले जस्तो चोर पस्यो दिलमा भन्छन
-----------------------------------------------------
याद

लुकिछिपी साँझपख हुने, भेटघाटको याद आयो
कुमैजोडी फिल्म हेरेको, नारानघाटको याद आयो

सावन महिना खाली खुट्टा सोमबारको दिनहरुमा
झिसमिसेमा काली न्वाको देवघाटको याद आयो

कोही जापान कोहीचै दोहा कहिले हुने भेट हाम्रो
बाइक रोकी खाजा खाको शिवघाटको याद आयो







No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...