Friday, March 28, 2014

गजल रुनु बेकार छ

 गजल

चितामा आगो झोसी भकानिदै किन रुन्छौ
चिन्तामा राको ठोसी भकानिदै किन रुन्छौ

सम्झेर वही अतित, तिमी सँग छैन आज
सम्पत्ती पुजी खोसी भकानिदै किन रुन्छौ

३६५दिनमा एकदिन त्यो पनि एक छाक मात्र
बर्षैपिच्छे भोकै जोसी भकानिदै किन रुन्छौ (जोसिएर)

मायामोह सम्झी ल्याउदा तेरोमेरो केही छैन
बेकार फोटो टासी, भकानिदै किन रुन्छौ

रोएर आउने भए कराएर आउने भए गएकाहरु
मलामी लाई पोसी, भकानिदै किन रुन्छौ




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...