माया भन्छन
हवशको शिकार
बेकार आज
साँझमा ढोका बन्द
मायाकै नगरिमा
....................
सबैको चोला
मरी जाने जीवन
हासेर बाच
तेरो मेरो के छ र
कि कसो साथीहरु ?
.......................
कसले भन्यो
कानुन बन्छ अरे
नेताको बोली
मलाई त लाग्दैन
तै पनि हेरुम है
......................
बनको राजा
एक छत्र रजाइ
कसले रोक्ने
बाठो खरायो कता
इनार भेटिएन
...............
बिरानो बस्ती
उनैको याद खाली
बिर्सन धौ भो
चिट्ठी चपेटा धेरै
आज जलाए साथी
मनको आगलाई बुझाउन बोत्तल फोर्दैछु म जुनको दागलाई मेटाउन, गजल कोर्दैछु म तनको आगलाई बुझाउन ओझल खोज्दैछु म मनको आगलाई सुझाउन बोत्तल खोज्दैछु म
.......................................................
सुटुक्क तिम्रो सपनीमा आउछु आज त चाडै निदाउ है कालु लुपुक्क तिम्रो कल्पनीमा छाउछु अब त चाडै निदाउ है कालु टोलाउछु एकछिन बोलाउछु सुस्तै नसुने गरी निदाउ है कालु थुपुक्क तिम्रो ओछ्यौनीमा आउछु आज त चाडै निदाउ है कालु
.............................................................
चिनेर लाउ माया भन्छन निधारमा कस्को लेख्या छर बितेर जाला बैश भन्छन, दोधारमा कसले देख्या छर तिर्खा बेलाको मोही सोध, बैशको बेलामा मायालु अरे बितेर जाला जोवन त्यसै, मुहारमा कसले छेक्या छर
.....................
हुन्छ मात्र भन तिमी आधी बाटो लिन आम्ला जन्ती साथी अघी लाई साइ पाटो दिन आम्ला
..................................
21 minutes ago
नलेखु कि अब गजल खाली मायाका कुराहरु
नगाउ कि गीत सरल जाली मायाका कुराहरु
मन सँगै कलम चल्दा दुई,चार अक्षर कोरिरहे
कबिता नै स्वदेश बल्दा फाली मायाका कुराहरु
No comments:
Post a Comment