Friday, March 28, 2014

याद

याद

घ्यार्‍घुर्‍र मदानीले, दही मोथेको याद आयो
काँकरी चोर्दै चौथीमा वही लोटेको याद आयो

चुक चुक ढुङ्गा तलाई आधा मलाई आधा
दर्शन ढुङ्गा त्यही कही घोटेको याद आयो

भाडाकुडी रुमाल लुकाइ, डन्डि बियो कपर्दी
दौड्दै बारी बारीमा उही छोटेको याद आयो

ड्याम्म शरीर प्याट्टपेट भाग्न पनि गार्हो हुने
अमिलो नी नछाड्ने मही मोटेको याद आयो

हह होहो साइला दाइले, जोतेको याद आयो
घ्यार्‍घुर्‍र मदानीले, दही मोथेको याद आयो



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...