Wednesday, March 26, 2014

कबिता : छेपारेहरु


छेपारेहरु

बिगबिगी बढ्दैछ शहरमा
शहरका महलहरुमा
बेमौषमी छेपाराहरुको
रङ्ग मात्र होइन
ढङ्ग बदल्दै छन
ढोङी छेपाराहरु

जङ्गल छिरे जङ्गली हुन्छन
महल छिरे महलिया हुन्छन
झिमिक्क मै रङ फेर्ने छेपाराहरु
लिमिक्क मै बोली फेर्ने चेपाराहरु

बिच्छी को के कुरा
उडुस उपिया र मच्छेड
भन्दा बिषाक्त छन
स्वदेशी छेपाराहरु

राता हरिया पहेला
तारे सयौ प्रकारका छन
मस्त घाम तापेका छन चैतको
हाम्रा घर आङनमा

खै के घर बनाउलान
धेरै चैत बितिसके
कैयौ जेठ बितिसके
उखानै पो हुने हो कि?
 

1 comment:

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...