Sunday, March 30, 2014

गजल : मान्छे

गजल मान्छे

ढुङ्गा पुजी मान्छेलाई, हेला गर्छ मान्छे
दौलत बुझी मान्छेलाई भेला गर्छ मान्छे

कहिले देखी चल्यो होला निर्दयी यो चलन
औकात खुजी मान्छेलाई झेला गर्छ मान्छे

मानबताको बस्तिमा अहमताले जरो गाढ्यो
लौ हाउ गुजी मान्छे लाई,  खेला गर्छ मान्छे

मलामीमा डिस्को डान्सर भजनमा हि पप
संसार जुझी मान्छे लाई,  रेला गर्छ मान्छे

सुनकै चरो खसाले झै, मख्ख पर्दै मान्छे
धरम धुजी मान्छे लाई मेला गर्छ मान्छे

(खुजी:खोजी)
(जुझी:जुझारु)
(धुजी:च्यातिएको/धुजा धुजा )

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...