Monday, December 23, 2019

प्रेम पनि बैध अबैध देख्ने

न त मेरो थियो प्रस्ताव ,न त उनको थियो
जो जे थियो सम्झौता, घाम र जूनको थियो !

संघर्षका दिन हुन्थे मुस्कुराउँथे थकानहरु पनि
आफ्नै आँसु आफ्नै पशिना,स्वाद नुनको थियोे !

परदेशका 'जमिन', पाखुरी स्वदेशका नै हुन्थे 
निराशा चिर्दै जीउने प्रेरणा, बात गुनको थियो!

हेलाँभए ऐना चर्किए आँफै, दोष फ्रेमलाई दिएँ
जाने औषधि नजाने जहर,त्यो गुण चूनको थियो!                                           
थाहा भएन परिभाषा, जीवन अनि जिन्दगीको नै
प्रेम पनि बैध अबैध देख्ने,दृष्टिकोण घुनको थियो!

शिखर पुगेर ओर्लनु पर्छ, गहिराईबाट उत्रनु पर्छ
सास फुकेर माथि पुर्याइएको, अहम् बलूनको थियोे !

निजी औपचारिकतामा सिमित, प्रेम बन्धकमा पर्दा
दिन जल्ने रात खल्ने,गोधुली झिस्मिसे मिलनको थियो !

पार्वती डाङ्गी 
झापा, नेपाल

गीती गजल कसूर बिनै सजायको नजीर बसेछ

रित्तै आभाशहरु भीडमा पनि मेरा
सुस्तै आवाजहरु जीतमा पनि मेरा !!

निल्दैछ एकान्कीले खोक्रो बनाउदै 
उस्तै आकाशहरु रीतमा पनि मेरा !!

धोकाधडीले डेरा जमाए पछी झनै
लुक्दै विश्वाशहरु मीतमा पनि मेरा !!

कहिले भाब त कहिले मोह'भङ्गमा
मिच्दै अन्दाजहरु गीतमा पनि मेरा !!

कसूर बिनै सजायको नजीर बसेछ
झुक्दै मीठासहरु प्रितमा पनि मेरा !!

Friday, December 20, 2019

अनि बिस्तारै फूलहरु, कांडा हुँदै गए !!

नजिक सम्झिएकाहरु, टाढा हुँदै गए
र अन्जान सङ्गका प्रेम, गाढा हुँदै गए !!

उर्लेको बैंश, र खहरे उस्तै त भन्छन्
तर ढल्केको जवानी, तगडा हुँदै गए !!
 
बुझि नसक्नु रहेछ, ती रहस्य नै रहस्य
बिहानीको प्रित, साँझमा झगडा हुँदै गए !!

शायद भूलपनि भए होलान्,पक्कै तब
जब ईशारा नै हाम्रा, छाडा हुँदै गए !!

घोच्न थाले, कोमल कालिनहरुले पनि 
अनि बिस्तारै फूलहरु, कांडा हुँदै गए !! 

Thursday, December 12, 2019

गीत

रुने छैन छोडि जाने उनलाई सम्झिएर
बादलुले छेकेका ती जूनलाई सम्झिएर !!

टल्किएकाले धोका दिए आज जिन्दगीमा
ढुङ्गो निक्ल्यो कसी लाउँदा सुनलाई सम्झिएर!!

रुने छैन छोडि जाने उनलाई सम्झिएर !!

छोटो यात्रा साथ पाएं हांसी खुशी कट्यो
संङ्ग संङ्गै कसिएका ति धुनलाई सम्झिएर !!

छायाले त साथ छोड्छ रे  तिमी पर्यौ मान्छे
प्रेम पत्रमा पोतिएका खुनलाई सम्झिएर !!

बादलुले छेकेका जूनलाई सम्झिएर !!

गित


आखिर किन मिठो साथ छुटाएर गयौ
फक्रिएको लाली यौवन लुटाएर गयौ ।।

तिम्रै नाउँमा यो जिन्दगी बकपत्र दिएं
बिश्वाशघात नै मेरो लागि जुटाएर गयौ ।।

सपनाको घर भरोशाको जग बन्दैगर्दा
हाम्रो थियो शिशा महल फुटाएर गयौ ।।

आखिर किन मिठो साथ छुटाएर गयौ
फक्रिएको लाली यौवन लुटाएर गयौ ।।


के भूल थियो मेरो मायामा खोट भए देखाउ
जिन्दगीमा जिन्दगी कै साथ टुटाएर गयौ ।। 

आखिर किन मिठो साथ छुटाएर गयौ ??


Monday, December 9, 2019

मनमा छ त माया लुकाउँछ्यौ किन

मनमा छ त माया लुकाउँछ्यौ किन
नजिक् आई नजर झुकाउँछ्यौ किन ??

दुख्छ भन्ने थाहा छ आफ्नै मन मुटु
घरि-घरी आजकल् दुखाउँछ्यौ किन ??

टिल्पिलाएको देख्छु नजरका डिलमा
बहन देउ ति आसुँ छुपाउँछ्यौ किन ??

बिस्कुनसरी सपना मनका आङ्गनीमा
पिरतीको घाममा, सुकाउँछ्यौ किन ??

मनमा छ त माया लुकाउँछ्यौ किन ??
@डायरीका पन्ना बाट

Sunday, December 8, 2019

मिल्दैन र पिउन?, कलकल ए साथी

मिल्दैन र पिउन?, कलकल ए साथी
प्यालामा छ तस्बिर, झलझल ए साथी!!

हुर्किएन जिन्दगी, जति हुर्कनु पर्ने
थोरै देउन बिन्ती, मलजल ए साथी!!

नपिय त भन्छौ, तर मन यो मान्दैन
कस्तो बस्यो जिब्रोमा, तलतल ए साथी!!

नसम्झाउ भो तिम्रा, आदर्शका बातहरु 
रुवाउने तिनै याद, पलपल ए साथी !!

नडुब्नु थियो डुबिसके, प्रेमका नदिमा
गहिराई भन्दा सकस, दलदल ए साथी !!

गजल

टाढा बाटै नमस्कार, ति शहरलाई आज 
हात् मिलाई छुराधस्ने, ति रहरलाई आज!!

मन्दिरमा त भेटिन्नन्, पन्चामृत कहाँ खोजुँ   
मिठो मानी पिउनुपर्ने, ति जहरलाई आज!!
 
छोडी आएँ घरआङ्गन, बालापन जहाँं बिते 
मात्सल्यमा जो बितेका, ति प्रहरलाई आज!!

कहिले काँडा कहिले फूल, पाइला चलिरहे 
'मित'मानें अन्जानका, ति डगरलाई आज!!

बैकल्पिक राजमार्गहरु, पछाडी नै रहेपछी 
आत्मसाथ गर्छ'आफन्त'ति बगरलाई आज!! 

Thursday, December 5, 2019

तस्बिरहरुमा

खै के भेट्छु भेट्छु मैले, उनका तस्बिरहरुमा
दाग बाहेक भेट्दिन केही, जूनका तस्बिरहरुमा

बिरासीला लाग्छन् हिजोआज, सुगम सङ्गित पनि
उनका मुहार मात्रै आउंछन्, धुनका तस्बिरहरुमा

मौनतामा मुस्कुराएको हुन्छ, त्यो दर्पणपनि आज
रङ्ग उँडेकै हुन्छन् हिरामोती, सुनका तस्बिरहरुमा

Wednesday, December 4, 2019

kuro


नचाहेर नै आउन थाले हिजोका ति यादहरु
कतै मिठा कतै तिता मिलनका ति रातहरु

सम्झेर नै काउकुती के'के भए त्यही बेला
गुन्जिदै छन् आज अस्तिका ति सम्बादहरु

मदहोशीका ईशारामा बेहोशीका पाइला मेरा
कसैगरी रोकिएनन् ती जवानीका उन्मादहरु

न रोक्यो दुरीले न त रोके बन्धनहरुले नै
स्विकार्नेछौं मिली दुनियाँका तिखा बातहरु 

हर गल्ती स्विकारीए बत्ती निभ्दा अन्धेरिमा
किनफेरी आफ्नै लाग्छन् जवानीका बर्बादहरु 

उन्मादहरु

खै यी कस्ता उन्मादहरु
मनका कुनाकुना बाट
निस्फिक्री शुस्केराहरुमा
एकान्किका शुशेलीहरुमा
एक फरक अनुभुती अनि आभास सँगै
फुरुङ्ग छ आकाशे चङ्गा जस्तै
यो मन आज ।।
सम्हालिदा सम्हालिदै पनि
बेहोशीमा दौडिएका पाइलाहरु
बेजोड हुत्तिरहेका हुन्छन्
भावनाका छालहरु
चाहनाका किनार सम्म ।।
केही यौवनका मिठा चाहहरु सायद
अनि छातीका असहज डाहहरु सायद
सायद अन्जान शहरमा छोडेर आएका यादहरु
सायद जोवनका रहरमा छोडेर आएका यादहरु
चाहे बहानामा हुन् या चाहनामा
स्पर्श सहित या बिना स्पर्श नै
यी/ति सबै सम्झनाका तरेलीहरुमा
मन मुटु हुँदै चिप्लेटी खेल्दै छन्
यी अनौठा उन्मादहरुमा आज। 

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...