Sunday, June 12, 2022

गजल: देख्नु भो ओस्सिएका पनि जल्छन् भने यहाँ

बलेशीमा नै खाडल, कुवामा किन पर्नु परो र 
धकेल्ने र घचेट्ने आफ्नै,, किन झर्नु परो र!

कर्म र भाग्य, बदलिदै नबद्लिने भए पछि 
पूर्ब र पस्चिम भन्दै बसाइँ किन सर्नु परो र!

देख्नु भो ओस्सिएका पनि जल्छन् भने यहाँ 
मैले महँगो मट्टीतेल खर्च, किन गर्नु परो र!

जाने सास उसैपनि गैहाल्छ, न पाप न पून्य 
बेकारमा छातीमा मुठीमानो, किन भर्नु परो र 

म जीउँदै छु अझै, मरेकाहरु कै बस्तिमा आज 
भन्नुस् घरीघरी यो 'आफन्त'ले किन मर्नु परो र!??

Wednesday, June 8, 2022

गजल:रात सुस्तरी ढल्दैछ, तिमी हतासमा छौ

रात सुस्तरी ढल्दैछ, तिमी हतासमा छौ
मुटुका धड्कन सङ्ग, एक तमासमा छौ।।  

सिताम्य प्रहरहरुमा,, न्याना आभाषहरु   
ओढिरहेको दोलैं, भित्रको कपासमा छौ।। 
 
एस्तो लाग्छ एतै कतै छौ,एकै तकियामा   
ती आँखी झ्यालबाट, बहने बतासमा छौ।। 

कस्ताकस्ता अनुभूतीहरु, बिना स्पर्शका   
हो न हो हरेक,,,,, स्वप्निल मिठासमा छौ।। 

रोकिई केहीपल आलिङ्गनमा बिताउ प्रिया 
रात सुस्तरी ढल्दैछ,,,,, तिमी हतासमा छौ।।   
 

Tuesday, June 7, 2022

गजल रहिछौ तिमी

सौन्दर्य रसले भरिएकी  गजल रहिछौ तिमी  

हर भाव वजन सहित मुकम्मल रहिछौ तिमी !!


हर तस्बिरमा 'अदा', चिरिच्याट्ट पोशाकमा   

ठूला गाजलुनयन निकै चन्चल रहिछौ तिमी !!


गूलाबी ओठ कोमल गाला, मन्द मुस्कानमा 

ठोस् पो छ्यौकि भनेको तरल तहिछौ तिमी !!


आहा! छोड्दा लामा केशराशी झनै सुहाउने

त्यो रूप भन्दापनि धेरै असल रहिछौ तिमी !!


मान्छेहरु बेकारमा तिम्रा कुरा काट्दा रहेछन्

दुनियाँले भनेका भन्दा त सरल रहिछौ तिमी !!  


Sunday, June 5, 2022

अर्धअन्धेरी रातमा पलभर शुशेल्न पाएँ गजल

गजल 

षष्ठी कि 'रूस्तम', केहीबेर नियाल्न पाएँ 
यी अर्धअन्धेरी रातमा, पलभर शुशेल्न पाएँ!!  

पत्थर भईसकेका थिए, यी दुई नयनहरु 
मैन बनाएर, थोरै भए नि पगाल्न पाएँ!!

सकस थिए केही, केही उकुस-मुकुसहरु  
छोटो'यात्रा अहो, अनायसै छिचोल्न पाएँ !!

बादल सङ्ग हो कि, चन्द्रमा सङ्ग त्यहाँ 
हेर्नुस्! आँफैले आँफैलाई पिरोल्न पाएँ !!

त्यो निष्पट, त्यो चाँद, ती बादल हेर्दै 
मसीका मन्जरीहरु, अक्षर खसाल्न पाएँ!! 
----------
माथि तस्विरमा देखिएको चन्द्रमा हेर्दै कोरिएका भावनाहरु 
the picture credits goes to Uncle Prakash Babu Paudel

स्खलन के हो भनि remains editing

घाऊले मुटुलाई सोध्नेछ जलन के हो भनि 
आखिर जल्ने जलाउनेको चलन केहो भनि 

बिचार हारेको बेला द्वन्द ब्युत्पन्न हुन्छन् है 
समाज डराउँछ सोध्न स्खलन के हो भनि 

आगो झोस्छ सरकार भूमि-हिनका झुपडीमा  
मिडिया तेर्साउँदैन माईक उत्पिडन केहो भनि
 

Friday, June 3, 2022

कोही रहरले जहर पिउंछन्,, दबाई छैन मलाई edt req

निकै मुस्कुराएको पाएँ, मान्छेहरु शहर बजारमा  
बोझ जिन्दगीको कतै, बिसाएछन् कि पत्तै भएन !!

न बोलाउँछन्, न त बोलाउँदा आउँछन् साथीहरु 
धेरै बोल्ने बानी मेरो, रिसाएछन् कि पत्तै भएन !!

कैफियत छ मधुशालामा पनि, पक्कै हिजोआज   
पूरानोमा नयाँं केही,, मिसाएछन् कि पत्तै भएन !!

कोही रहरले जहर पिउंछन्,, दबाई छैन मलाई
एस्तो लाग्छ घाटहरु, चिसाएछन् कि पत्तै भएन !!  

बस्छु भन्थे दुई नयनहरु निंदरी आउने बाटो हेर्दै 
सायद हिजो केहीपल, निदाएछन् कि पत्तै भएन !!

सपना भरी थियौ, यादबाट हटाउनै सकिन

सपना भरी थियौ, यादबाट हटाउनै सकिन 


र पनि कैयौं रातहरु, मैले कटाउनै सकिन!!


अझै बुझ्न् सकिन, जिन्दगी हिसाब भन्थे 

योगफल बढ्दै गए, कत्ति घटाउनै सकिन !!


भन्थ्यौ आँखाहरु झिल हुन्, मन महासागर  

ती परेलीका डीलसम्म पनि, अटाउन सकिन !!


एस्तो लाग्छ, जिन्दगी हिजोआज जडौरी भो 

जति नै लतारे पनि, खै'त फटाउनै सकिन!!


के गर्नु भेटें भेट्न त, पस्चतापको ढ्याङ्ग्रो    

लखेट्थें यादका भूतहरु,अहँ ठटाउनै सकिन!!

Thursday, June 2, 2022

खै केके केके भन्छ, यो प्रतिमा सुनिरहन्छे

        






प्रतिमा पोख्रेल (नयाँं सृस्‍टि)
अरुण ५ 
भोजपुर






हिजोआज उ मेरा नजरमा टोलाउने गर्छ
म सुने नसुन्यै गर्छु उ सधै बोलाउने गर्छ।।

उ बोल्न खोज्छ आँखा झुधाई म लजाउछु
लुकेर हेर्छु म उसलाई कतै लोलाउने गर्छ।।

मिठा मिठा उसका बात, उस्तै तारीफ मेरा
लाज लाग्छ भन्न, सौन्दर्यता केलाउने गर्छ।

टाढा छ उ त, सपनै सपनाका शहरहरुमा 
खै माया हो कि मोह भरोसा दिलाउने गर्छ।

खै केके केके भन्छ, यो प्रतिमा सुनिरहन्छे
मेरै तस्बिरमा रषिक रूमानी मिलाउने गर्छ!!

पुतली फूलको थुङ्गामा


केटा:
न आँखामा गाजल न ओठमा लाली छ 
मेरी मन कि मायालु, अल्ली काली छ !!


केटी:
न मुखमा सुपारी, न जुङ्गा न दारी छ 
मेरो मनको कालेको, कुरै भारी छ !! 

दुबै:
पुतली फूलको थुङ्गामा 
ढलपल गरौँला ए हजुर 
पिरतीका डुङ्गामा  

केटा:
बजार लगें हिजो हिल स्यान्डल खोजी छ   
के भनु खै मेरी सानु,, अल्ली सोझी छ!!  

केटी:
राम्रो लाग्छ हाँसीहांसी जिस्कने बानी छ 
नराम्रो भन्नु यो मान्छेको पिउने बानी छ !!

दुबै:
पुतली फूलको थुङ्गामा 
ढलपल गरौँला ए हजुर 
पिरतीका डुङ्गामा!!  

दुबै:
पुतली फूलको थुङ्गामा 
ढलपल गरौँला ए हजुर 
पिरतीका डुङ्गामा!! 

भेटौं न ए माया,,, मनको बजारमा

केटा:
भन्दिन म जूनतारा झारी दिन्छु 
जे जे भन्छ्यौ त्यही किनिदिन्छु!!
 
भेटौं न ए माया,,, मनको बजारमा 
प्यास मेटौंला वहीँ, यौवनको बजारमा !!  

केटी:
धनी बाउको छोरा रै'छौ पैसाको धाक 
नलगाउ भो पर्दैन, त्यो बैँस'को धाक  !!

भेट्दिन ए कान्छा,, मनको बजारमा 
मेट्दिन कुनै प्याश, यौवनको बजारमा !!

केटा:
धरोधर्म एउटा जागिर, मैले नि खा'छु 
अरुले जस्तो तलबभत्ता मैले नि पा'छु!!

भेटौं न ए माया,,,, मनको बजारमा 
काउकुती लाग्न थाल्यो, तनको बजारमा!!

केटी:
दिन्न यो मन तिमीलाई अन्तै भूलेको छ    
मेरो मायाका फूलहरु, अन्तै फूलेको छ!! 

भेट्दिन ए कान्छा,, मनको बजारमा 
लागेलगोस काउकुती, तनको बजारमा 

दुबै:
भेटौं न ए माया,,, मनको बजारमा
भेट्दिन ए कान्छा,, मनको बजारमा  

कसम! जवानीमा कहिल्यै घर देखिन

कसम! जवानीमा कहिल्यै घर देखिन 
म आफैं ओत लाग्ने कतै खर देखिन !!

धन्य छौ पण्डित जसले न्वारान गरे 
राहदानीमा नाम त देखें थर देखिन !!

समथर देखिए मैदान दलदल रहेछन् 
टेकिए पाईला वहीँ जहाँ चर देखिन !!

बुढेशकाल रुन्छन् न बैशाकी न लौरो 
दुश्मन त दुश्मन आफन्तकै भर देखिन !!

भावुक बनाउँछन्,आफ्नै सपनाहरुले 
कसम! जवानीमा कहिल्यै घर देखिन !!


 


आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...