पूर्ब र पस्चिम भन्दै बसाइँ किन सर्नु परो र!
मैले महँगो मट्टीतेल खर्च, किन गर्नु परो र!
बेकारमा छातीमा मुठीमानो, किन भर्नु परो र
भन्नुस् घरीघरी यो 'आफन्त'ले किन मर्नु परो र!??
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
हर भाव वजन सहित मुकम्मल रहिछौ तिमी !!
हर तस्बिरमा 'अदा', चिरिच्याट्ट पोशाकमा
ठूला गाजलुनयन निकै चन्चल रहिछौ तिमी !!
गूलाबी ओठ कोमल गाला, मन्द मुस्कानमा
ठोस् पो छ्यौकि भनेको तरल तहिछौ तिमी !!
आहा! छोड्दा लामा केशराशी झनै सुहाउने
त्यो रूप भन्दापनि धेरै असल रहिछौ तिमी !!
मान्छेहरु बेकारमा तिम्रा कुरा काट्दा रहेछन्
दुनियाँले भनेका भन्दा त सरल रहिछौ तिमी !!
सपना भरी थियौ, यादबाट हटाउनै सकिन
र पनि कैयौं रातहरु, मैले कटाउनै सकिन!!
अझै बुझ्न् सकिन, जिन्दगी हिसाब भन्थे
योगफल बढ्दै गए, कत्ति घटाउनै सकिन !!
भन्थ्यौ आँखाहरु झिल हुन्, मन महासागर
ती परेलीका डीलसम्म पनि, अटाउन सकिन !!
एस्तो लाग्छ, जिन्दगी हिजोआज जडौरी भो
जति नै लतारे पनि, खै'त फटाउनै सकिन!!
के गर्नु भेटें भेट्न त, पस्चतापको ढ्याङ्ग्रो
लखेट्थें यादका भूतहरु,अहँ ठटाउनै सकिन!!
ती जो भुल थिए हाम्रा प्रिया फूल भए हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो जसै आज अझै यी नजर चुलबुल भए उ...